गौशालामा रेडियो जुनताराद्वारा एक रोगी वृद्धको उद्धार

3 वर्ष पहिले प्रकाशित

(2079-03-24 B.S.)

4597 पटक देखिएको

ममता शर्मा 

गौशाला ,असार २४ 

महोत्तरीको गौशालामा एक रोगी वृद्धको उद्धार गरिएको छ । गौशाला नगरपालिका वडा न.५ स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जको सहयोग र इलाका प्रहरी कार्यालयको गौशालाको समन्वयमा रोगी वृद्धको उद्धार गरिएको हो ।

३-४ दिन देखि गौशालामा अलपत्र अवस्थामा फेला परेका सो वृद्ध झाडापखाला रोगले ग्रसित थिए । बेसहारा उनि खाना खान नपाएर निकै कमजोर तथा विचलित अवस्थामा आज रेडियो जुनताराको कार्यालय अगाडी फेला परेपछि उनलाई उद्धार गरिएको हो ।

उनले लगाएका वस्त्र उनको दिशाले एकदमै दुर्गन्धित भएको थियो । कमजोरीको कारण उनि एक ठाउँबाट अर्को ठाउँमा जान सकीरहेका थिएनन् । त्यस्तो अवस्थामा उनलाई देखेपछी रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले उनलाई सोधपुछ गर्दा उनले आफ्नो नाम भजन ,ठेगाना सखुवा र आफ्नो कोहिपनि नभएको प्रतिक्रिया दिए ।

तत्पश्चात उनलाई इलाका प्रहरी कार्यालय गौशालाका टोली र रेडियो जुनताराका संचालक तथा कर्मचारीले उनलाई सरसफाई गरि गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पठाएको हो । उनलाई मानव अधिकार कर्मीहरुको जिम्मा लगाइएको संचालक साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले