राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
ममता शर्मा
गौशाला , असार २७
महोत्तरीको बर्दिवास नगरपालिकामा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सोमबार बर्दिवास स्थित रहेको दिपक पार्टी प्यालेसमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको आयोजना र बर्दिवास नगरपालिकाको समन्वयमा प्रदेश स्तरीय सार्वजनिक कार्यक्रम भएको हो ।
'सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारीमा सरकार नागरिक भुमिका' भन्ने मुल नारा र राज्यले नागरिकलाई उपलब्ध गराउने समाजिक सुरक्षा भत्ता कार्यक्रम बारे जानकारी गराउदै सुशासन प्रवधनमा सघाउ पुर्याउने उदेश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा भत्ताका विषयमा सर्वसाधारणले भोग्दै आईरहेका समस्या तथा चुनौतीहरुको वारेमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका महानिर्देशक समक्ष सेवाग्राहीहरुले प्रश्न गरेका छन् । त्यस्तै उपस्थित सेवाग्राहीहरुले सामाजिक सुरक्षा भत्ता लिन झन्झटिलो भएको र अशक्त, अपाङ्गलाई यस सम्बन्धि विभिन्न प्रक्रियाले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । भत्ता लिनको लागि सम्बन्धित बैंकमा नै जानुपर्ने हुँदा टाढाका व्यक्तिलाई खर्च बढी लाग्ने , बैंकमा लामो समयसम्म लाईन वस्नुपर्ने ,बैंकका कर्मचारीहरुले सहजै कार्य नगरिदिने जस्ता गुनासो सेवाग्राहीहरुले गरे।
त्यति मात्र नभएर अशक्त र अपांगहरुलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धित निकायले घरमा नै पुर्याईदिए सहजता हुने सेवाग्राहीहरुले सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले गरेका जिज्ञासा तथा प्रश्नको जवाफ राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग महानिर्देशक तिर्थराज भट्टराईले व्यक्त गरे । उनले सामाजिक सुरक्षा भत्ता सम्बन्धि समस्यालाइ सम्बन्धित सरोकारवाला संग छलफल गरेर आवश्यक निति ल्याउने दावी गरे ।
कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले सामाजिक सुरक्षा भत्ताले केहिहद सम्म जनप्रतिनिधिलाई समस्या भएको वताए । भत्ता सेवाग्राहीले सजिलै पाउनका लागि बैंक तथा सम्बन्धित निकायका कर्मचारीले अवरोध सिर्जना गरेता पनि दोस जनप्रतिनिधिलाई आउनु दु:खद रहेको बताए । बैंकको कारणले सेवाग्राहिहरुलाई निकै शास्ति भोग्नु परेकोले इच्छुक बैंक तथा भत्ता सजिलै वितरण गर्ने सक्ने बैंकलाई यस कार्यको जिम्मेवारी दिनुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग महानिर्देशक तिर्थराज भट्टराई, मधेश प्रदेश सभा सदस्य माननीय शारदादेवी थापा, प्र.जि.अ वासुदेव दाहाल, सर्लाहीका प्र.जि.अ. थानेश्वर गौतम ,भंगहा न.पा. का नगर प्रमुख संजिव साह,लालवन्दी न.पा. का नगर प्रमुख वासुदेव अधिकारी लगायत समाजिक सुरक्षा भत्ता उपभोग गर्ने सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन पत्रकार महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले गरेकी थिइन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments