हात बाँधेर प्रेम पुजारीका साथीको हत्या
काठमाडौं :
बुधबार दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये चौथो नम्बरमा भेरीको किनारमा फेला परेको शव थियो त्यो ।
खोजी कार्यमा लागेका आफन्तजनले उक्त शव हात बाँधेर घोप्टो परेको अवस्थामा फेलापारेको बताएका छन् । दुबै हात पछाडिपट्टि पारेर माछा मार्न प्रयोग गरिने पासा (सामा)ले बाँधेको भेरी नगरपालिका–११ मटेलाका ३६ वर्षीय जनक रोकायाले बताए । जनकलगायत मृतकका केही आफन्त र छिमेकी मटेलाबाट २ जना ट्युबमा चढेर र अरू पौडँदै भेरीमा शव खोज्न निस्केका थिए । ट्युबको सहारामा पौडँदै गएका जनकले करिब ४ किमि तल पुगेपछि चौरजहारी अस्पतालदेखि तल रहेको भेरीको किनारमा शव देखेपछि आफू छेउमा निस्किएको जनाए । उनले भने, ‘दुवै हात सुतलीले बाँधेको थियो, लास घोप्टो थियो, मैले कसको लास रै’छ थाहा पाउनलाई पल्टाए, मेरै छिमेकी भाइ लोकेन्द्रको रै’छ ।’.jpg)
उनले शवको अवस्थाबारे थप बताएअनुसार आफूले पल्टाउँदै गर्दा एक हातको डोरी फुत्कियो, किनभने बायाँ हात भाँचिएको अवस्था थियो । ‘आँखा माथिको भाग पूरै कुच्चिएको अवस्था छ’, जनकले थपे, ‘टाउको पनि फुटालिएको छ, टुंगा र हतियाले समेत कुटीकुटी मारिएजस्तो लाग्छ, किनकि पानी डुबेर मरेको लास त सुनिएको पो हुन्छ ।’ लास गन्हाउने र आधा शरीर पानीबाहिरै रहेको अवस्थामा फेला पारेको उनले जनाए । पछि खोजी कार्यमा रहेका आफन्तजन आएर प्रहरीलाई खबर गरेका थिए । जाजरकोटको कुदुबाट प्रहरी आएर घटनास्थल मुचुल्का बनाउँदा त्यति गम्भीर नभएको आरोप मृतकका आफन्तको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले प्रहरी शव भेटिएको स्थान पुग्दा दुबै हात बाँधिएको नभई एक हातमा माछा मार्ने पासा बेरिएको बताए । स्थानीयले दुबै हात बाँधिएको बताए पनि दुबै हात नबाँधिएको श्रेष्ठको भनाइ छ । प्रहरीले जे देख्यो त्यही मुचुल्कामा उल्लेख गर्छ, भावनामा बहकिने अवस्था नभएको डिएसपी श्रेष्ठको भनाइ छ ।
गत शनिबार भेरी नगरपालिका–४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका–८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेले आक्रमण गरेर उनीहरूको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाँधेर खराब नियतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूले बताएका छन् ।
भेरी नगरपालिका–४ का नवराज विकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम विकको शव घटनास्थलबाट करिब २५ किमि तल जाजरकोटको भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका–४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टीकारामको शव भेटिएको स्थान नजिकै भेटिएको थियो ।
घटनामा संलग्न दुई जना अझैसम्म बेपत्ता छन् । भेरी नगरपालिका–११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोताखोर टिम पनि बेपत्ताको खोजी कार्यमा संलग्न रहेको बताइएको छ ।
.jpg)
श्रोत ezen1news.com
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
18 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
19 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
20 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
21 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
21 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
1 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
2 महीना पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
2 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
2 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
2 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments