बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने

6 वर्ष पहिले प्रकाशित

(2077-02-17 B.S.)

3519 पटक देखिएको

काठमाडौं । 

मुलुकका निजी विद्यालयले आउँदाे बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।

सरकारले नीति तथा कार्यक्रममै कोरोना १९ संक्रमण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयले भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् । देशभरका अधिकांश सामुदायिक विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हुनाले सामुदायिक विद्यालय भने कहिले खुल्छन भन्ने टुङ्गो लागेको छैन ।

तर उता विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोक्न सरकारले विगत दुई महिना अघिदेखि लगाएको लकडाउनको प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ । जसको कारण विद्यालयले कक्षा सञ्चालन गर्ने मिति घोषणा गरिसक्दा समेत पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन् ।

त्यसो त अघिल्लो वर्षको बिक्रीदर अनुसार छपाईको काम भने सकिएको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । तर यो वर्ष करिब २ करोड पुस्तक छाप्ने लक्ष्य रहेको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिनुभयो ।

यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण लकडाउन भई काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा ६, ७ र ८ का पुस्तक छपाईको काम बाँकी नै छ ।

जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको आचार्यले बताउनुभयो । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एकदेखि चारसम्म भने निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

13 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

13 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

22 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

1 महीना पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले