समय सीमाभित्र प्रहरी समायोजन नगरे चरणबद्ध आन्दोलन घोषणा गर्ने मन्त्रि साहको चेतावनी

4 वर्ष पहिले प्रकाशित

(2079-04-18 B.S.)

5243 पटक देखिएको

श्रावण १८ 

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले समय सीमाभित्र समायोजन नगरे चरणबद्ध आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।  मन्त्रि साहले बुधबार पत्रकार सम्मेलन गरी एक साताको ‘अल्टिमेटम’ दिई साउन २२ गते प्रदेशमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए। 

मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र गठबन्धनका नेताहरूलाई ज्ञापनपत्र बुझाए पनि समायोजनका लागि गम्भीर नदेखिएको आरोप लगाएका छन्। गृह मन्त्रालयमा प्रहरी समायोजन सम्बन्धी सबै काम पूरा भए पनि प्रधानमन्त्री र केही कर्मचारीले आलटाल गरिरहेकाले संघर्षमा उत्रिनुपरेको उनको भनाइ छ। संघीयताको सबलीकरणका लागि आन्दोलन आवश्यक रहेको मन्त्री साहले दाबी गरे।

मन्त्री साहले प्रहरी विना शान्ति सुरक्षा कायम गर्न सम्भव नरहेको बताउँदै समायोजनका लागि संघर्ष मात्र विकल्प रहेको बताए। प्रदेशका सबै राजनीतिक दलहरूको बैठकबाट नै यस्तो निर्णय गरिएको बताउँदै उनले आफूहरूको आन्दोलनमा प्रदेशका हरेक राजनीतिक दलको समर्थन र सहयोग रहने जिकिर गरे। 

साहले भने, “निर्वाचनको मिति समेत किटान भइसकेको अवस्था छैन, वर्तमान संघीय सरकार संघीयताप्रति अनिच्छुक देखिनु, जनताको अधिकारप्रति संवेदनशील नहुनु मधेश प्रदेश लगायत तमाम प्रदेशहरूमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो, त्यसमा प्रहरीको भावमा समस्या आएको छ।” संघीयता विरोधीहरूलाई बल पुग्ने गरी संघीय सरकारले काम गरिरहेको मन्त्री साहले आरोप समेत लगाएका छन्।

मन्त्री साहले संघीयताको जननी नै मधेश प्रदेश रहेकाले आफूहरूले प्रहरी समायोजनाको संघर्षको नेतृत्व गरिरहेको जिकिर गरे। मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले