जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई सकस, जग्गा किता काट नहुँदा सेवाग्राहीहरु प्रभावित

3 वर्ष पहिले प्रकाशित

(2079-04-21 B.S.)

3126 पटक देखिएको

उपेन्द्र पासवान

साउन २१ गते  

स्थानीय तहलाई आफ्नो क्षेत्रको जग्गा वर्गीकरणको काम गर्न सकस देखिएको छ ।  भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति २०७९ जेठ २७ गतेको निर्णय अनुसार  सो मन्त्रालय को च. न १६४२मिति २०७९/२/३० को पत्रले स्थानीय तहहरु लाई  आआफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न भनिएको छ । 

देशका केही स्थानीय तहले कामलाई सुरूवात गरेका छन्, तर गति दिन सकेका छैनन् । सरकारको निर्देशनअनुसार मालपोत कार्यालयले जग्गाको वर्गीकरणसहितको सिफारिस माग्ने तर स्थानीय भू–उपयोग परिषद्ले जग्गा वर्गीकरण गरेर सिफारिस नदिँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

मालपोत कार्यालय बारा कलैया सूचना अधिकारी सागर कुमार साहले  स्थानीय तहमा जग्गा वर्गीकरणको काम अघि नबढ्दा जग्गा कित्ताकाटको काम रोकिएको र कार्यालयमा जग्गाको कारोबार प्रभावित भएको बताए । सरकारले जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्नका निम्ति नियमावली जारी गरेपछि स्थानीय तहहरु जग्गा वर्गीकरण गर्न तम्सिएका छन् ।

नियमअनुसार अब नेपालका जग्गाहरु विभिन्न १० खाले समूहमा वर्गीकरण हुनेछन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक  र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । यसै गरि नेपाल लेखापढी कानुन व्यवसायी  एसोसिएसन केन्द्रिय कार्यालय काठमाडौ द्वारा र नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको सहकार्यमा बाराको १६ स्थानीय तहहरुमा जग्गा वर्गीकरण समबधी ज्ञापनपत्र बझाइएको छ ।

तर पनि बाराका कुनै स्थानीय तहहरुले चासो लिएको छैन । जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले कित्ताकाट गरेर हुने कारोबार ठप्प भएको उल्लेख गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) ले जग्गा कारोबारको विषयलाई स्थानीय तहले हल्कारुपमा नलिई छिटै काम टुङ्गो लगाउनुपर्ने बताए । यसका लागि आफूहरुले जनप्रतनिधिलाई भेटेरै दबाब दिएको तर सुनुवाइ नभएको अध्यक्ष यादवले  गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

22 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

22 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले