जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई सकस, जग्गा किता काट नहुँदा सेवाग्राहीहरु प्रभावित

4 वर्ष पहिले प्रकाशित

(2079-04-21 B.S.)

3251 पटक देखिएको

उपेन्द्र पासवान

साउन २१ गते  

स्थानीय तहलाई आफ्नो क्षेत्रको जग्गा वर्गीकरणको काम गर्न सकस देखिएको छ ।  भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति २०७९ जेठ २७ गतेको निर्णय अनुसार  सो मन्त्रालय को च. न १६४२मिति २०७९/२/३० को पत्रले स्थानीय तहहरु लाई  आआफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न भनिएको छ । 

देशका केही स्थानीय तहले कामलाई सुरूवात गरेका छन्, तर गति दिन सकेका छैनन् । सरकारको निर्देशनअनुसार मालपोत कार्यालयले जग्गाको वर्गीकरणसहितको सिफारिस माग्ने तर स्थानीय भू–उपयोग परिषद्ले जग्गा वर्गीकरण गरेर सिफारिस नदिँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

मालपोत कार्यालय बारा कलैया सूचना अधिकारी सागर कुमार साहले  स्थानीय तहमा जग्गा वर्गीकरणको काम अघि नबढ्दा जग्गा कित्ताकाटको काम रोकिएको र कार्यालयमा जग्गाको कारोबार प्रभावित भएको बताए । सरकारले जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्नका निम्ति नियमावली जारी गरेपछि स्थानीय तहहरु जग्गा वर्गीकरण गर्न तम्सिएका छन् ।

नियमअनुसार अब नेपालका जग्गाहरु विभिन्न १० खाले समूहमा वर्गीकरण हुनेछन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक  र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । यसै गरि नेपाल लेखापढी कानुन व्यवसायी  एसोसिएसन केन्द्रिय कार्यालय काठमाडौ द्वारा र नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको सहकार्यमा बाराको १६ स्थानीय तहहरुमा जग्गा वर्गीकरण समबधी ज्ञापनपत्र बझाइएको छ ।

तर पनि बाराका कुनै स्थानीय तहहरुले चासो लिएको छैन । जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले कित्ताकाट गरेर हुने कारोबार ठप्प भएको उल्लेख गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) ले जग्गा कारोबारको विषयलाई स्थानीय तहले हल्कारुपमा नलिई छिटै काम टुङ्गो लगाउनुपर्ने बताए । यसका लागि आफूहरुले जनप्रतनिधिलाई भेटेरै दबाब दिएको तर सुनुवाइ नभएको अध्यक्ष यादवले  गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले