१५ दिन मात्र चुनावको प्रचार प्रसार गर्न मिल्ने : निर्वाचन आयोग

3 वर्ष पहिले प्रकाशित

(2079-04-29 B.S.)

4355 पटक देखिएको

श्रावण २९ 

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने तयारी गरेको छ।

यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो।

आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

‘मनोनयनपछिको १५ दिन प्रचार गर्न पाउने गरी हामीले छलफल अघि बढाएका छौँ’, उनले भने।

निर्देशिका पारित हुन केही दिन लाग्ने पनि उनले बताए।

आयुक्त भण्डारीले भने, ‘निर्देशिकामा चुनाव प्रचारका लागि आमसभा, घर दैलो, भेटघाट कहिले कहिले गर्न पाउने भन्ने निर्धारण गरेर आउनेछ।’

आयोगले प्रत्यक्षतर्फको चुनावका लागि असोज अन्तिम हप्तामा मनोनयन गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ ले चुनाव प्रचारकाे अवधि १५ दिन मात्रै दिएको छ।

स्थानीय तह निर्वाचन ऐनले उम्मेद्वारलाई चुनाव चिन्ह दिएको बढीमा १५ दिनभित्र मतदान गर्नुपर्ने उल्लेख छ। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्बन्धी ऐनमा प्रचारको अवधि निर्धारण गर्ने अधिकार आयोगले दिएको छ।

निर्वाचन कार्यतालिका आधारमा दल तथा उम्मेदवारले पाउने प्रचार अवधिलाई आयोगले निर्देशिकामार्फत अघिल्लो चुनावको तुलनामा आधाभन्दा बढीले घटाउन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

21 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

21 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले