मुख्यमन्त्री राउतलाई इन्जिनियर्स एसोसिएसनको १० बुँदे ज्ञापनपत्र

4 वर्ष पहिले प्रकाशित

(2079-04-29 B.S.)

3972 पटक देखिएको

श्रावण २९ 

नेपाल इन्जिनियर्स एसोसिएशन मधेस प्रदेशलगायत विभिन्न इन्जिनियर संगठनले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार बिहान विभिन्न १० बुँदे मागसहित एसोसिएसनका प्रदेश सभापति ई.गौरी पण्डितको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमार्फत संघीय लोक सेवा आयोगबाट स्थानीय तहमा नियुक्त छैटौं तहका इन्जिनियरहरूलाई सातौं तह कायम गर्नुपर्ने, स्थानिय तहमा समायोजन तथा नियुक्त भई कार्यरत इन्जिनियर कर्मचारीको वृत्ति–विकासका लागि आवश्यक कानुनी व्यवस्था गरी वृत्तिविकासको सुनिश्चितता गर्नुपर्ने, प्रदेश निजामति सेवा तथा स्थानिय सेवामा समायोजन तथा नियुक्त भई कार्यरत इन्जिनियरहरूले तोकिएको सेवा अवधि पुरा गरे पश्चात अनिवार्य रूपले सेवाकालीन तालिम प्रदान गर्नुपर्ने, मधेस प्रदेश अन्तर्गतका स्थानिय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत ज्येष्ठताका आधारमा स्थानिय सेवाका इन्जिनियर समेत हुन पाउने व्यवस्था गर्नुपर्ने, प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा स्थानिय तहका कार्यालयहरूमा रिक्त रहेको इन्जिनियरिङ सेवा तर्फको पदहरूमा अविलम्ब विज्ञापन प्रकाशन गरी स्थायी पदपूर्ति गर्नुपर्ने माग गरिएको छ । 

त्यस्तै, प्रदेश लोकसेवा आयोगद्वारा प्रकाशित इन्जिनियरिङ सेवाका विज्ञापनहरूको परिक्षा यथाशिघ्र संचालन गर्नुपर्ने, प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा स्थानिय तहका कार्यालयहरूमा नयाँ प्रेसर इन्जिनियरहरूलाई ईन्टर्नशीपको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा स्थानिय तहका कार्यालयहरूमा आवश्यकता अनुसार करार सेवामा इन्जिनियरहरूको पदपूर्ति गरिँदा प्रदेश लोक सेवा आयोग समेतलाई संलग्न गराई निष्पक्ष प्रतिस्पर्धाको सुनिश्चितता गर्नुपर्ने, प्रदेशमा विभिन्न कार्यालय वा निजी तथा गैरसरकारी संघसंस्थाहरूमा कार्यरत इन्जिनियरहरू न्यूनतम पारिश्रमिक तोकि कडाइका साथ लागु गरि नियमन गर्नुपर्ने र प्रदेश अन्तर्गत प्रदेश स्तरमा इन्जिनियरहरूको सिप तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्नुपर्नेलगायतका विषयहरू ज्ञापनपत्रमा समावेश गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले एशोसिएशनको मागप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले