महोत्तरीमा आर्केष्ट्रा निषेध

3 वर्ष पहिले प्रकाशित

(2079-05-02 B.S.)

5813 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला ,भदौ २

महोत्तरी जिल्लामा आर्केष्ट्रा निषेध गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा जारि गरिएको सूचनामा जिल्लाभर आर्केष्ट्रा निषेध गरिने भनिएको छ ।

नेपालीहरुको महान् चाड कृष्णाष्टमी ,तिज ,वडा दशैँ ,दिपावली ,छठ पर्व नजिक आइसकेको हुनाले त्यस सन्दर्भमा दुर्गा पुजा तथा विभिन्न चाडपर्वको नाममा भिडभाड हुने गरि स्टलहरु बनाउने ,सामाजिक वातावरण धुमिल हुने गरि उच्च आवाजमा डिजे ,बाजा बजाउने , आर्केष्ट्रा प्रदर्शन गर्ने जस्ता गतिविधी प्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारि गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यस प्रकारका क्रियाकलापले समाजमा विकृति ,दुर्घटना ,चोरी चपाटी बढेको छ ,सूचनामा भनिएको छ ,"चाडपर्वको समयमा मेला महोत्सवको नाममा हुने अश्लिल नृत्य (आर्केष्ट्रा) कार्यक्रमहरुको आयोजनाबाट समाजमा चोरी ,सवारी दुर्घटना ,कुटपिट ,मादक पदार्थ सेवन ,लागु औषधको सेवन तथा ओसारपोसार लगायतका अपराधिक गतिविधिमा वृद्धि भई सामाजिक विकृति फैलिने भएकोले यस्ता कार्य नगर्नु नगराउनु भनिएको छ।"

यदि कसैले सूचनाको बर्खिलाप गरि त्यस्ता गतिविधिहरु गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।

साथै आज भोलि दैनिकजसो कोभिड -१९ को संक्रमण डर पनि बढ्दै गएको हुनाले चाडपर्व मनाउदा आफ्ना परिवारका सदस्यहरु मात्र जम्मा भई स्वास्थ्य सुरक्षामा मापदण्ड पूर्ण रुपमा पालना गर्दै भौतिक दुरी गरि कोरोनाको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनुरोध गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

20 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

20 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले