मतदाता नामावली अद्यावधिक सम्बन्धि तालिका सार्वजनिक ,भदौ १२ गते मतदाता नामावली प्रकाशन हुने

3 वर्ष पहिले प्रकाशित

(2079-05-09 B.S.)

4700 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,भदौ ९ गते

महोत्तरीमा मतदाता नामावली अद्यावधिक ( दावी विरोध ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार जिल्ला निर्वाचन कार्यालय महोत्तरीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । यहि आउदो मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न के कस्तो भुमिका जनसमुदायले निर्वाह गर्नुपर्ने भन्ने बारेमा छलफल गरिएको छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने ,जिल्ला समन्वय समिति प्रमुख सुमन लाल कर्ण ,जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार ,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी लगायत विभिन्न कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि मतदाता नामावली ( दावी विरोध समेत ) कार्यक्रम भदौ १२ गते देखि १९ गते सम्म हुने जनाएको छ ।

यस्तो छ कार्यक्रम तालिका       

भदौ १२ गते कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन ,भदौ १५ गते प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने , प्रकाशित मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावली नाम समावेश गरेको  भए सोको विरोध उजुरी दिने ,प्रकाशित मतदाता नामावलीमा कुअनी मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने ,भदौ १६ गते प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने , बसाइ सरि अन्यत्र गएका वा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पदाधिकारीबाट प्राप्त गर्ने ,भदौ १७ गते उजुरी परेको मतदातालाइ प्रमाणसहित सफाइको मौका दिने , स्थानीय पदाधिकारीबाट प्राप्त भएको विवरणको आधारमा बसाइ सरि अन्यत्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाचबुझ गरि प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने ,नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबिन गरि प्रमुख नाम दर्ता अधिकारिले हटाउने निर्णय गर्ने ,सूचना /निवेदन प्राप्त नभएतापनि कुनै मतदाता बसाइ सरि गएको ,मृत्यु भएको ,नागरिकता त्याग वा रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने ,भदौ १८ गते सम्बन्धित मतदाताले दिएको सफाइको आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने ,क्र.स. २ बमोजिम परेका निवेदन बमोजिम जाचबुझ गरि प्रमुख नाम दर्ता अधिकारीले त्रुटी सच्याउने ,क्र.स.११ बमोजिम त्रुटी सच्याईएको र क्र स ४,८,९ र १० बमोजिम नाम हटाउन सूचना निर्वाचन कार्यालयमा प्रकाशन गर्ने भदौ १९ गते क्र.स. ४ बमोजिम फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरि जिल्ला अद्यावधिक भएको डाटा सँगै आयोगमा पठाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

18 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

18 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले