औरहीमा एक शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट ,अस्पतालमा भर्ना

3 वर्ष पहिले प्रकाशित

(2079-05-11 B.S.)

11486 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला ,भदौ ११ 

महोत्तरीको औरही स्थित एक शिक्षकले छात्रालाई निर्घात कुटपिट गरेका छन् । श्री प्रसाद सिंह मा.वि . औरही विद्यालयका शिक्षक दिपेश यादवले सोहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा आरति कुमारी महरालाई कुटपिट गरेका हुन् ।शिक्षकको पिटाईबाट घाइते भएकी महरा अहिले राधा कृष्ण पोलिक्लिनिकमा भर्ना छिन ।

निलडाम बसेको तस्विर

बिहिबार विद्यालयमा महराले गृहकार्य नबनाएको निहुमा शिक्षक यादवले ५ स्टिक पिठ्युमा हानेको पिडित महराले बताइन । शिक्षकको कुटाईले उनको पिठ्युभरि निलडाम बसेको महराकी आमा पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य सुन्दर कला महराले बताइन । कुटपिटबाट बिरामी भएकी छोरीलाई ज्वरो आएपछी हस्पिटलमा भर्ना गर्नुपरेको बुबा साजेंद्र महराले गुनासो गरे ।

उनले भने, "हामी गरिब छौ फलफुल बेचेर आफ्नो जिविकोपार्जन गरिरहेका छन् । छोरीलाई राम्रो शिक्षा आर्जन होस् भनेर विद्यालयमा नियमित पठाउछौ तर त्यहाँ पढाउनुपर्ने सट्टामा यसरि कुटपिट गरेपछी शिक्षकबाट आफ्नो बालबच्चा सुरक्षित हुन्छ भनेर कसरि विश्वास गर्ने ।" 

पिडित महराको परिवारले दोषी शिक्षकमाथि कारवाहीको माग गर्दै प्रधानाध्यापक शिव शरण यादव समक्ष पुग्दा प्रधानाध्यापकले १ हजार दिएर घटना मिलाउने प्रयास समेत गरेको महराकि आमा सुन्दर कलाले बताइन्  ।

यता शिक्षक दिपेश यादवले आफुले ति बालिकालाई पिटेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

19 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

19 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले