नेविसंघका कार्यकर्ताहरुले त्रिविको पत्रकार सम्मेलन बिथोलेपछी भयो झडप ,तिन जना घाइते

3 वर्ष पहिले प्रकाशित

(2079-05-12 B.S.)

2378 पटक देखिएको

काठमाडौं ,भदौ १२ गते 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकार सम्मेलन नेविसंघका कार्यकर्ताहरुले बिथोलेका छन्  । आइतवार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले बिथोलिदिएका हुन् । त्रिवि प्रशासनले त्रिवि परिसरमै गरेको पत्रकार सम्मेलन आयोजना गरेका थिए  ।

नेविसंघका कार्यकर्ताहरूले आक्रमणको धम्की दिएको, पटक–पटक तोडफोडमा उत्रिएको भन्दै सरकारसँग सुरक्षा माग गर्न त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

नेविसंघका कार्यकर्ताहरू नाराबाजी गर्दै आफूहरूविरुद्ध गरिएको पत्रकार सम्मेलनस्थलमा पुगेका थिए । नेविसंघको नाराबाजीपछि एमालेनिकट अनेरास्ववियुले प्रतिकार गरेको थियो । 

नाराबाजीसहित पुगेका नेविसंघका कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ताबीच केहीबेर घम्साघम्सी भएको थियो । दुई पक्षबीच केहीबेर झडप भएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । झडपमा दुईजना विद्यार्थी र एकजना प्रहरी घाइते भएका कीर्तिपुर प्रहरीले जनाएको छ । 

दुई पक्षबीचको झडपपछि अनेरास्ववियुले त्रिवि परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । आफूहरू त्रिवि परिसरमा रहेको फोहर र त्रिवि प्रशासनको बेथिति सफा गर्न लागिपरेको बरालले बताइन् । 

यसअघि त्रिविले विज्ञप्ति जारी गरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षा मागेको थियो ।

त्रिवि परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्रिविले यसअघि नेविसंघका सदस्यहरुले तालाबन्दी, घेराउ, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

18 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

18 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले