राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले गरे तालाबन्दी ,सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी

3 वर्ष पहिले प्रकाशित

(2079-05-12 B.S.)

2895 पटक देखिएको

जनकपुर ,भदौ १२ गते

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको   राजर्षि जनक विश्वविद्यालय 'पेपर कोर्स कन्ट्रयाक्ट' शिक्षकहरूले तालाबन्दी गरेका छन् 

आइतबार शिक्षकहरुले विद्यालयको केन्द्रीय कार्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालयका कार्यवाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यवाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्वीरमा आगजनी गर्नुका साथै शिक्षकहरूले विज्ञले सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका हुन् । पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले विज्ञ डा. देवराज अधिकारीले सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी गरेका हुन् । 

पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीमा भएको व्यवस्थाअनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तिलाई प्राथमिकतामा राखी यथाशीघ्र उपयुक्त र आवश्यक कार्य गर्नुपर्ने, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीको व्यवस्थाअनुरूप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य तीव्र पार्ने, वर्तमान पेपर कन्ट्रयाक्ट शिक्षकको व्यवस्थालाई नियमानुसार यथाशीघ्र पुनरावलोकन गरिने र विश्वविद्यालयका पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार सेवा प्रवेश गर्न एक पटकका लागि उमेरको हदबन्दी हटाउने व्यवस्था मिलाउने सहमति भए पनि कार्यान्वयन नगरिएको आन्दोलित शिक्षकहरूको आरोप छ । 

यसअघि १ भदौमा शिक्षकहरूले भिसी र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए । शिक्षकहरूको समस्या समाधान गर्न ६ वैशाखमा उनीहरूसँग वार्ता गरी ९ वैशाखमा डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरिएको थियो । 

शिक्षकहरूको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रयाक्ट संघका सभापति दिलीपकुमार यादव, सचिव रविकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।

वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो, तर भिसी र रजिस्ट्रारले काठमाडौंका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः त्यसमा बखेडा सुरु हो । विज्ञले विश्वविद्यालयबाट ४ लाख रुपैयाँ शुल्क लिई दिएको रिपोर्ट सार्वजनिक नै नगरी शिक्षकहरूको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरू आन्दोलित भएको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताए ।

शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

17 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

17 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले