दाजु-भाइले दिदी-बहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर बस्ने व्रत पर्व अटवारिको रौनक थारु समुदायमा

3 वर्ष पहिले प्रकाशित

(2079-05-12 B.S.)

2746 पटक देखिएको

कैलाली ,भदौ १२ गते  

थारू समुदायमा अटवारी पर्वको रौनक छाएको छ । थारू समुदायले दिदी-बहिनीको अटल सौभाग्यको कामना गर्दै धार्मिक एवं साँस्कृतिक महत्त्वको अटवारी पर्व मनाउने गर्दछन् । भदौ कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइन्छ ।

दाजु-भाइले दिदी-बहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर यो पर्वमा व्रत बस्छन् । साँझ दाजु-भाइले नै गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन छ ।

कैलालीको कैलारी गाउँपालिका सागर चौधरीका अनुसार  व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान बनाइन्छ । पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदी-बहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन छ । 

अग्रासन (विवाहित चेलीबेटीहरूलाई दिइने कोसेली) दिएर फर्कने क्रममा दिदी-बहिनीले दाजु-भाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन् । 

यो पर्वलाई थारू समुदायको दसैँपछिको ठूलो पर्वका रूपमा मनाइन्छ । थारू समुदायका व्यक्तिले सबै काम छाडेर तीन दिनसम्म भव्यताका साथ अटवारी पर्व मनाउने गरेको धनगढीका पत्रकार प्रेम चाैधरीले बताए । 

थारू समुदायको बसोबास रहेका कैलालीसहित कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्त्वका साथ मनाइन्छ । 

यस पर्वका दिन आइतबार दिनभर गाउँ–गाउँमा नाचगान भइरहेको थियो । अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदासमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

17 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

17 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

19 दिन पहिले