शिक्षा क्षेत्रको विकासबिना मुलुक समृद्ध बन्न सक्दैन : अध्यक्ष प्रचण्ड

4 वर्ष पहिले प्रकाशित

(2079-05-20 B.S.)

3156 पटक देखिएको

महोत्तरी ,भदौ २० गते 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जब सम्म शिक्षा क्षेत्रको विकास हुदै तबसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्। सोमबार महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले शिक्षा नै देश विकासको आधार भएको बताएका छन् ।

उनले निर्मल लामा बहुप्राविधिक शिक्षालय देशकै नमुना विद्यालयको रूपमा विकास हुने विश्वास पनि व्यक्त गरे।देशको बजेटको २० प्रतिशत रकम दक्ष जनशक्ति उत्पादनको लागि शिक्षामा छुट्याउनु पर्नेमा जोड दिँदै उनले शिक्षालाई उत्पादनमुखी र बैज्ञानिक बनाउनुपर्ने बताए।

कार्यक्रममा प्रचण्डले अधा घन्टा बोले। तर देशको राष्ट्रिय राजनीतिको विषयमा कुनै चर्चा गरेनन्। उनले शैक्षिक विषयमा मात्रै आफ्नो मन्तव्य केन्द्रीत गरेका थिए।कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका विद्यार्थी पढ्न आउने ठाउँको रूपमा शिक्षालयलाई विकास गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

देशभरका सबै विद्यालयमा तीन वर्षभित्रमा भौतिक पुर्वाधार बिकासको काम सक्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।कार्यक्रममा पुर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बर्दिवासलाई शैक्षिक हबको रूपमा विकास गर्न प्राविधिक शिक्षालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले शिक्षालयलाई ठिक ढंगले अघि बढाउन समुदायको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। कार्यक्रममा माओवादीका बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षा राज्यमन्त्री बोधमाया यादव, मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरत साह, कोइकाका कन्ट्री डाइरेक्टर सुन हु को, माओवादी नेताहरू गणेश साह, रामकुमार शर्मा, बिश्वनाथ साह, बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, प्रदेश सांसद शारदा थापा सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति थियो।

०७५ मा स्थापना भएको शिक्षालयमा हाल २८ जिल्लाका ८ सयभन्दा धेरै विद्यार्थी अध्यनरत रहेका शिक्षालयका प्रमुख रमेशकुमार मेहताले जानकारी दिए। कोरियन सरकार (कोइका) को एक अर्ब पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा भवन बन्न लागेको हो।विद्यालयमा हाल संचालनमा रहेका सातवटा शैक्षिक कार्यक्रमलाई विकास गरेका १२ वटा पुर्याउने तयारी शिक्षालयले गरेको छ। 

स्रोत : नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले