भारतले लगायो चामल निर्यातमा कर , चामलको भाउ बढ्ने

3 वर्ष पहिले प्रकाशित

(2079-05-24 B.S.)

3061 पटक देखिएको

महोत्तरी ,भदौ २४

चामल निर्यातमा भारत सरकारले २० प्रतिशत कर लगाएको छ ।

भारतले बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा २० प्रतिशत कर लगाएको हो ।

वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि धान र चामल निर्यातमा बिहीबार कर लगाउने निर्णय गरेको हो । बढेको कर शुक्रबारदेखि नै लागू भएको छ ।

भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने जनाउँदै खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको हो ।

पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको खाद्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एबीपीले जनाएको छ ।

भारतले चामल निर्यातमा कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्ने भएको छ । नेपालमा भारतबाट वार्षिक करिब ५० अर्बको धान र चामल आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ४७ अर्ब ३५ करोड रुपैयााको धान र चामल आयात भएको छ । यो भारतबाट आयात भएको परिमाण हो । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

17 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

18 दिन पहिले