गौशाला त्रिभुवन मा.वि को एक शिक्षकको अश्लिलता ,केहि विद्यार्थीले छोडे विद्यालय,प्रधानाध्यापकद्वारा घटना दबाउने प्रयास  

3 वर्ष पहिले प्रकाशित

(2079-05-31 B.S.)

19546 पटक देखिएको

गौशाला,भदौ ३१ गते 

महोत्तरीको गौशालामा रहेको त्रिभुवन मा.वि.मा अध्यापन गराउने एक शिक्षकले आफ्नै विद्यार्थीलाई गलत कार्य गर्न दबाद दिएको घटना बाहिरिएको छ ।

त्रिभुवन मा.वि.मा कक्षा २ अध्ययनरत मुस्लिम समुदायको एक ११ वर्षीय छात्रालाई सोहि विद्यालयमा वर्षौदेखि पढाउदै आइरहेको शिक्षक दिनेश प्रसाद सिंहले अश्लिल कार्य गर्न दबाद दिएको छात्राले आरोप लगाएकी छिन ।  

शिक्षकले कक्षामा सम्पूर्ण विद्यार्थीहरुको अगाडी नै अपशब्द बोल्ने गरेका छन् ।पिडित छात्राले भनिन्, "यो शिक्षकले सधै बालिकाहरुलाई गलत नियतले हर्ने गरेका छन् । गृहकार्य जांच गर्ने बहानामा छात्राहरुको  संवेदनशिल अंग छुने प्रयास गर्छन । साथै गृह कार्य नगरेको पाइएमा शिक्षकले “पछाडी फर्क ,कपडा खोलेर हिपमा हान्छु “ जस्तो अपशब्द प्रयोग गर्ने गरेका छन्।"

शिक्षक सिंहको यस्तो अश्लिल हर्कतले केहि विद्यार्थीले पढ्न समेत छोडेको अर्को एक १२ वर्षीय पिडित बालिकाले गुनासो गरिन । छात्राहरुले यस्तो नगर्नुस भनेर पटक पटक विन्ती गरेपनि शिक्षक सिंहले आफ्नो व्यवहार परिवर्तन नगरेकोले विद्यालय नै छोड्न बाध्य भएको ति बालिकाहरुले गुनासो गरे ।

बिहिबार पनि शिक्षक सिंहले त्यस्तो व्यवहार गरेपछि बालिकाले आफ्नो परिवारलाई बताएकी थिइन्  । छात्राको परिवारले शिक्षक सिंहको गलत कार्यको गुनासो विद्यालयका प्रधानाध्यापक अमोध साह समक्ष लिएर जादा उक्त घटनालाई ढाकछेप गर्ने प्रयास गरेको पिडितको परिवारले आरोप लगाएका छन् ।

प्रधानाध्यापकले "यो घटनालाई अगाडी नबढाउनुहोस् ,त्यो शिक्षकलाई म कारवाही गर्छु र शिक्षकको तर्फबाट माफी चाहन्छु" भन्दै घटना लुकाउने प्रयास गरेको पिडित परिवारले बताए ।

दोषी शिक्षकले गौशाला बजारमा रक्सिको पसल वर्षौ देखि चलाउदै आइरहेको र आफुले पनि रक्सि खाने गरेको उनका छरछिमेकी बताए ।

यता दोषी शिक्षकले पिडित बालिकासमक्ष हात जोडेर पटक पटक माफी मागेका छन् । उनले भने "अब म यस्तो कार्य गर्दिन ,रक्सि पसल पनि छोडदिन्छु र यहाँबाट सरुवा गराएर गइहाल्छु ।" 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

17 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

18 दिन पहिले