रेडियो जुनतारा तेश्रो वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश

3 वर्ष पहिले प्रकाशित

(2079-06-01 B.S.)

4678 पटक देखिएको

ममता शर्मा

गौशाला , असोज १ 

महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज तेश्री वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । आज विश्वकर्मा भगवानको पुजा आराधना संगसंगै रेडियो जुनतारा १०३.४ मेगाहर्जले आफ्नो वार्षिकोत्सव पनि मनाएको छ ।

उज्यालो नेपाल द्वारा संचालित रेडियो जुनतारा एउटा सामुदायिक रेडियो हो ।समाज र संचार क्षेत्रमा ख्याती कमाएको यस रेडियोले सदैब समाज र समुदायको लागि कार्य गर्दै आएको छ । जसले गर्दा आज यहाँ सम्म सफलतापुर्वक आउन सफल भएको रेडियोका संचालक गौशाला -४ रजखोर निवासी निरन्जन कुमार साहले बताएका छन् । उनले मिडिया क्षेत्रमा कार्य गर्न निकै मुस्किल भएपनि आफ्नो मेहनत र समाजप्रति उत्तरदायी हुने भावना बोकेर यहाँ सम्म सफलता हासिल गरेकोमा खुसि व्यक्त गरेका छन् ।

उनले भने," हाम्रो समाजमा सामुदायिक रेडियोको महत्व र आकर्षण विशेष छ । भौगोलिक कठिनाइका कारण पत्रपत्रिका पुग्न नसक्ने र पुगे पनि सहज उपभोग गर्न नसक्ने स्थानका लागि रेडियो निर्विकल्प नै छ । स्थानीय लवज र भाषामा सूचना, समाचार र कार्यक्रम प्रसारण गर्ने हुनाले रेडियोको मोह स्थानिय समुदायमा कायम छ । स्थानिय समुदायले आफ्ना रुचि र सरोकारका सवाल रेडियो मार्फत सार्वजनिक गर्न पाउने अवसरका कारण पनि रेडियो लोकप्रीय छ ।स्थानीय समुदायको कला र गला प्रस्तुत गर्ने थलो समेत सामुदायिक रेडियो बनेका छन् । समाजमा सुचना ,संदेश ,जनचेतना जस्ता लगायत गाउँघरमा विवाह, ब्रतबन्धको निम्तो देखि मृत्यु पश्चात मलामी जाने खबरसमेत रेडियोबाट पाउने चलन बसेको छ । यात्रा गर्दागर्दै, काम गर्दागर्दै पनि रेडियो सुन्न सकिने भएकाले यो विपन्न, जोखिमपूर्ण अवस्थामा रहेका समुदायको समेत सञ्चार साथी बनेको छ । विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारीदेखि राहत र उद्घारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था छ ।"

उनले मिडिया क्षेत्रमा काम गर्दा सदैब आफ्नो लोभ ,स्वार्थ ,एकरुपता ,त्यागेर समुदाय र समाजको कल्याण हुने ,निस्वार्थी र स्वतन्त्र रुपमा काम गर्नु पर्नेमा जोड दिएका छन् ।

उज्यालो नेपालले रेडियोको साथै  अघिल्लो वर्ष यहि समयमा प्रकाशन गर्न थालेको राष्ट्रिय दैनिक पत्रिका गौशाला खबर पनि पहिलो वर्ष पार गरि दोश्रो वर्षमा प्रवेश गरेको जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

17 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

18 दिन पहिले