लकडाउनमा वन जंगल जोगाउदै महोत्तरी वन अधिकृत हेमन्त प्रसाद साह
बर्दिबास (महोत्तरी
महोत्तरीको सव डिभिजन वन कार्यालयका अधिकृत हेमन्त प्रसाद साहले बिगतको अनुभवले काठ तस्करी नियन्त्रण गर्न सफल भएको बताएका छन् ।
यसअघिको बन्द हड्तालमा वनले निकै क्षति व्यहोरेको छ । द्वन्द्धकाल, मधेश आन्दोलन र राजतन्त्र समाप्त गर्न गरिएको आन्दोलन होस वा जुन सुकै कारणले गरिएको बन्द हड्तालमा काठ तस्करहरुको निसानामा वन जङ्गल पर्दै आएको थियो । सोही बेलाको प्राप्त अनुभवबाट पाठ सिकेर झण्डै अढाई महिना लामो लकडाउनमा काठ तस्करी नियन्त्रण गर्न सफल भएको वन अधिकृति साहले बताए ।
उनले बिहिबार महोत्तरीको माइस्थानमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएका हुन् । बन्द हड्तालको मौका छोपेर काठ तस्करहरु निकै सलबलाउँथे । र, यो क्रम लकडाउनमा पनि दोहोरिन सक्ने सम्भावनालाई समयमै आँकलन गरेर वन गस्ती बढाएपछि काठ चोरी निकासी रोकथाम गर्न सफल भएका हौं । ‘यस कार्यमा स्थानीय पत्रकारहरुको पनि प्रशंसनीय योगदान रहेको भनी नाम समेत उच्चारण गरेका थिए’, ‘अधिकृत साहले ।’ उनले सञ्चारकर्मी गोपाल बराल, राजकरण महतो र सुनिता बरालले सञ्चार माध्यमका मार्फत सहयोग प¥याएको जनाए ।
विश्वभरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनिकरण र नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउन गरेको छ । लकडाउनको सुरुवाती समयदेखि नै आफु र आफ्ना मातहतका कर्मचारीहरु सकृय भएर लागेका छौं । यति गर्दा गर्दै पनि छलेर चोरी निकासी भएका काठहरु बरामद गरेको र तस्करी कार्यमा संलग्नलाई कार्वाही गराउन सफल भएको अधिकृति साहले जानकारी गराएका थिए ।
उनले ट्राफिक प्रहरीको उदाहरण दिदैं भने सडकमा ट्राफिक प्रहरी खट्दैमा दुर्घटना हुँदैन भन्ने छ र ? त्यस्तै हामी नियमित ‘डियुटी’मा हुँदा–हुँदै पनि काठ तस्करी भए होलान् भनी स्वीकार गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा अधिकृत साहले लकडाउन अवधिमा प्राप्त गरेका उपलब्धीका बारेमा उपस्थित पत्रकारहरुलाई जानकारी गराएका थिए । लकडाउनको अवधिमा वन संरक्षणका लागि बिशेषत तीन तहको बिशेष गस्ती टोली परिचालन, साउण्ड सिस्टमसहित वन क्षेत्रका गाउँ बस्तीमा सचेतना अभियान, वन ढडेलो नियन्त्रण, वन्यजन्तु चोरी सिकारी नियन्त्रण गर्न गस्तीलाई बढावा दिइएको छ ।
यस्तै, लकडाउन अवधिमा सालका गोलिया ५८ थान, सालको चिरान ५७ थान र कर्मा चिरान २ थान बरामद भएको र सो कार्यमा संलग्न ८ जनालाई वन ऐनअनुसार कार्वाही गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला वन अधिकृत साहले जानकारी दिएका थिए ।
“चुरे जोगाउ, मधेश बचाउँ” अभियान अन्तर्गत जलाधारको उपल्लो तट र प्रभावित तल्लो तटबिचको अन्योन्याश्रित सम्बन्ध कायम गर्न नदि प्रणालीमा आधारित योजना तर्जुमादेखी कार्यान्वयनसम्म संघ, प्रदेश र स्थानीय तहवीच सहकार्य र समन्वय गर्ने गरी रणनीति बमोजिम कार्य भइरहेको छ ।
डिभिजन वन कार्यालय महोत्तरीले सडक छेउमा वृक्षारोपण कार्यक्रम, नदि किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण कार्यक्रम, संरक्षण पोखरी निर्माण तथा मर्मत सुधार, गल्छी पहिरो नियन्त्रण तथा हट स्पट ट्रिटमेन्ट जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।
अन्तरक्रिया कार्यक्रम सव डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत हेमन्तप्रसाद साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्ष कमलेश मण्डलको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा महोत्तरी जिल्लामा कार्यरत अधिकांश पत्रकारहरुको उपस्थित थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments