जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण
ममता शर्मा
गौशाला ,असोज १३ गते
महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित पाउरोटी (ब्रेड ) उद्धयोगहरुले जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेको पाइएको छ ।
समुदायमा पाउरोटी नखाने व्यक्ति सायदै यहाँ होला तर हाल बजारमा उपलब्ध भईरहेको पाउरोटी जसमा बनेको मिति र एक्सपाएर डेट नजनाएपछी यहाँका स्थानीय म्याद सकिएको ,बिग्रिएको पाउरोटी उपभोग गरिरहेको पाइएको छ । बजारमा व्यापक मात्रामा विक्री हुने खानेकुरा पाउरोटीमा एक्सपाएर डेट ( म्याद समाप्त मिति ) नलेखीएको पाइएको छ । जसले गर्दा त्यो पाउरोटीको खाने म्याद कहिले समाप्त हुने भन्ने थाहा हुदैन । पाउरोटी उद्धयोगबाट किनेको पाउरोटी धेरै दिन वितिसकेपनि गौशालाका व्यापारीले बेच्ने गरेका छन् ।
गौशाला बजारको गणेश मन्दिर भन्दा केहि आगाडी पाउरोटी बेच्नेहरुको लस्कर लागेको हुन्छ । पाउरोटी बनेको मिति नलेखिएको म्याद समाप्त मिति नलेखेको ,निर्माण गरिएको उद्धयोगको पनि नाम नलेखिएको ,उद्धयोगको नाम लेखिएपनि कुनैमा दर्ता नम्बर नभएको पाउरोटी गौशाला बजारमा विक्री भईरहेको पाइएको छ ।
यस्तै उद्धयोग दर्ता नभएको र बनेको पाउरोटीमा म्याद समाप्त मिति नलेख्ने उद्धयोग हो श्याम पाउरोटी उद्धयोग । जसको संचालकलले बनेको पाउरोटीको म्याद नाम नलेखेकोमा आफ्नो कुनै गल्ति नभएको बताए । उनले भने , “ व्यापारीहरु किनेर लागेको पाउरोटीको म्याद सकिएपछी बेच्छ त म यसमा केहि गर्न सक्दिन । म्याद सकिएको पाउरोटी म फिर्ता पनि लिदीन । जनताले किनेर खान्छ भने यसमा जनता नै जिम्मेबार हुन्छ । हामी जिम्मा लिदैनौ ।
आफुले दश वर्ष देखि सो उद्धयोग संचालन गर्दै आइरहेको र कुनै प्रशासनले केहि गर्न नसकेको भनेर उनले धाक समेत देखाए । "यतिका दिन सम्म जनताले यो खाइरहेको छ कसैले केनै गरिहाल्छ र।"

आगामी समयमा पनि यो काम दोहोर्याउने र म्याद समाप्त मिति नलेख्ने उनले प्रतिक्रिया दिए ।
यस सम्बन्धमा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले त्यस्ता उद्धयोगहरुलाई कारवाही गर्नु पर्ने बताए । उनले भने , “ यो सम्बन्धि कार्य नगर उपप्रमुखको हो । त्यसैले म केहि गर्न सक्दिन तर जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता उद्धयोगहरुलाई तह लगाउन जरुरि छ । म सम्बन्धित निकायसमक्ष यो कुराको छानविनको प्रास्ताव राख्ने छु र कारवाहीको लागि पहल गर्ने छु।"
त्यस्तै महोत्तरीको सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यसको अनुगमन तथा निरीक्षण इलाका प्राशासनको रहेको भनि आफ्नो कर्तव्यबाट पन्छिन खोजेका छन् । जसले गर्दा जिल्लाको आधिकारिक व्यक्तिलाई यसप्रति पटक्कै चासो नभएको पुष्टि भएको छ ।



मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 घन्टा पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
14 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 घन्टा पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
14 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
17 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments