गौशाला बजारमा दशैंका लागि खसी –बोका किन्नेको भिड

3 वर्ष पहिले प्रकाशित

(2079-06-15 B.S.)

2993 पटक देखिएको

गणेश कुशवाहा ।

विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ।

महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको गौशाला वडा नं. ५ स्थित खसी –बोकाहरुको बजारमा खसी–बोकाहरु किन्ने मानिसहरुका भिड लागेको छ । महोत्तरी भरिकै प्रख्यात बजारको रुपमा चिनिने एक मात्र बजार गौशाला बजारमा दशैं लाग्ने वित्तिकै गौशाला बजारमा खसी–बोका बजार सुरू भएको हो ।

दशैं मेलामा वली चढाउनका लागि खसी–बोका अत्याधिक बिक्री हुने गरेको छ । जिल्लामै एक मात्र बजार भएको हुनाले खसी–बोकाको मुल्य प्रति गोटा पाँच हजार देखि ३० हजार सम्म बिक्री वितरण हुँदै आएको किसानहरुले जानकारी दिए ।

पछिल्लो समय देखि नै गौशाला नगरपालिका , बर्दिवास नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका ,सम्सि गाउँपालिका, सोनमा गाउँपालिका,मनरासिसवा नगरपालिका ,बलबा नगरपालिका लगायत महोत्तरीको प्राय जसो सबै गाउँपालिका र नगरपालिकामा किसानहरुले व्यावसायिक रूपमा पालेका खसी बोकाहरु गौशाला बजारहरुमा बिक्री वितरण गरेर दशैं खर्च जुटाउन थालेका छन् ।

महोत्तरीको व्यावसायिक रुपमा पशुपालक किसानहरुले बाख्रा पालन गरी खसी बोकाको उत्पादन गरी गौशाला बजारमा बिक्री वितरण गर्दै आएका छन् । यस गौशाला बजारबाट बिक्री वितरण भएको खसी–बोकाहरु ठुला-ठुला व्यापारीहरुले दशैका लागि काठमाडौं, पोखरा, बनेपा, धुलिखेल लगायतका क्षेत्रहरुमा निर्यात गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

14 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

14 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

17 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

18 दिन पहिले