समाज र सामाजिक चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह
गौशाला, असोज २० गते
महोत्तरीको गौशालामा दशैँ दिपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम तथा समाज र सामाजिक चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार गौशाला नगरपालिका वडा न.१२ कान्तिबजारको राष्ट्रिय मा. वि . कान्तिबजार स्थित विकास युवा क्लबको आयोजनामा शुभकामना आदान प्रदान तथा समाज र सामाजिक चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साह, गौशाला नगरपालिकाको नगर प्रमुख डा.दिपेन्द्र महतो ,उपप्रमुख रेणु महतो, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्र लगायत विभिन्न वडाका वडा अध्यक्ष ,राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गृह मन्त्रि साहले समाजमा विकास संगसँगै विकृति पनि फैलीरहेको बताए । समाज र समाजिक अहिलेको प्रमुख कुरा हो ,उनले भने "समाज अहिले तिब्र गतिमा अगाडि बढिरहेको छ । समाजमा सकारात्मक र नकारात्मकता दुबै देखा परेको छ । नकारात्मकतालाई कसरी निर्मुल गर्ने त्यसमा समाजको सम्पुर्ण नागरिक लागि पर्नुपर्छ । बिकासको गति अगाडि बढेको छ । यो सबैलाई समाजले संरक्षण गर्नुपर्छ । अहिले पर्वमा बिकास त भएको छ तर बिकृती पनि अगाडी बढिरहेको छ । युवाहरु गलत बाटो तिर जादै छ । यो रोक्नु एकदमै जरुरी छ । यो हाम्रो चुनौती पनि छ । "

नगर प्रमुख डा. दिपेन्द्र महतोले समाजको प्रमुख समस्या लैंगिक विभेद रहेको बताउदै हिंसाबाट पिडित महिलाको सुरक्षार्थ नगरपालिकाले सेफ हाउसको निर्माण गर्न लागेको बताए । महिला रोजगार ,वैदेशिक रोजगार , लागु औषध दुर्व्यसनको समस्याले समाजलाई अघि बढ्नबाट कुण्ठित पारेको बताउदै उनले यसलाई निराकरण गर्न नगरपालिकाले सक्दो प्रयास गर्ने दावी गरे ।जनप्रतिनिधि पार्टीको नभएर जनताको सेवक हुनु जरुरि रहेको उनको भनाई छ ।
गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोले समाज परिवर्तनको लागि युवा पुस्ताको सहभागिता अनिवार्य रहेको बताइन ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले समाजलाई सुदृढिकरण गर्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।पितृसत्तात्मक सोचरुपी यो समाजमा महिलाको नेतृत्व अगाडी ल्याउन हरेक क्षेत्रमा महिलाहरुको सहभागिता अनिवार्य हुनु जरुरि छ, उनले भने, "यो समाज र समाजिक चुनौती सब भन्दा बढी प्रहरीले नै भोग्नु पर्छ । जसलाई कम गर्न समाजका जनप्रतिनिधि अगुवाहरुले प्रहरीसंग समन्वय गरि अगाडी बढ्नु आवश्यक छ । सत्ता र पावरको आडमा जनप्रतिनिधिद्वारा भईरहेको गलत कार्य रोकिनुपर्छ । त्यसको लागि शिक्षा जनचेतना रोजगारीको अवसर सिर्जना गर्नु जरुरि छ । "
साथै उनले नगरपालिकाले साथ दिएमा आगामी दिनमा यस्ता जनचेतनामूलक कार्यक्रमहरु संचालन गरि गौशाला नगरपालिकालाई शुसासित, शान्त, भयमुक्त बनाउन सफल हुने दावी समेत गरे ।
कार्यक्रममा दसैं दिपावली छठ पुजाको शुभकामना दिदै गौशाला नगरपालिका वडा न.१२ का वडा अध्यक्ष कुशेश्वर सिंहले समाजलाई परिवर्तन गर्न सवभन्दा पहिला युवा पिढिलाइ लागू औषध बाट जोगाउनुपर्ने धारणा राखे । उनले भने, "युवा पिढी लागुऔषधबाट जोगिएमा समाज सजिलैसंग अगाडी बढ्न सक्छ । जसको प्रभावले स्वास्थ्य शिक्षा र समाज परिवर्तन हुन्छ ।"
त्यस्तै वडा न.११ का वडा अध्यक्ष रामपृत महतोले लागु औषध अश्लिलताले राजनीतिमा दुष्प्रभाव पारेको छ, त्यसैले राजनीतिक अवस्था सुधार गरि विकासको वातावरण सिर्जना गर्न यो दुर्व्यसनको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रामचन्द्र कुशवाहाले शुभकामना दिदै १० बर्ष पहिलाको समाज र अहिलेको समाजमा धेरै फरक रहेको बताए । उनले शिक्षाको अवस्थालाई परिमार्जन गरि नयाँ शैक्षिक नीति ल्याएमा शिक्षा प्रणालीमा सुधारका साथै समाज पनि शिक्षित र गतिशील हुने दावी गरे ।
जसपाका केन्द्रीय सदस्य रमेश महतोले समाजमा मानवको बिकास संगसँगै चुनौती पनि बढ्दै जाने बताए । उनले समाजको आवश्यकता अनुसार आफ्नो मौलिक संस्कृति परम्परालाई कुल्चेर विपरित दिशामा जानुलाई सामाजिक चुनौती र समाज विनाशको संज्ञा दिए । समाजको मूल मुहान राजनीति भएको दावी गर्दै उनले भने राजनीतिक कुरुपताले समाजमा विकृति फैलिएको छ । त्यसैले राजनीतिलाई सफा बनाइ त्यसमा निखारपन ल्याउन अत्यावश्यक भएको उनले दावी गरे ।
एमाले पार्टीका नेता शंकर महतोले समाजमा सुशासन र समृद्धिको सुन्दरता छाएमा र शान्ति स्थापना भएमा मात्र समाज अगाडी बढ्न सक्ने बताए । पहिलाको हाम्रो संस्कार र अहिलेको संस्कार निकै फरक रहेको बताउदै उनले आफ्नो संस्कार विर्सेमा समाजको भलाइ नहुने दावी गरे । समाज जोगाउन संस्कार जोगाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । गृह मन्त्रि भरत प्रसाद साहद्वारा पन्चलाल सिंह, सहदेव महतोलाई योद्धा सम्मान स्वरूप सम्मान पत्र प्रदान गरिएको छ ।

शिक्षा सम्मान अन्तर्गत शिक्षक रामचन्द्र सिंह ,राजेन्द्र सिंह ,फुल कुमारी , रामचन्द्र महतो ,योगेन्द्र साह ,चरिमाया कुमारीलाई सम्मान गरिएको छ । त्यस्तै वडा न.१ देखि १२ ओटै वडाका वडा अध्यक्षहरुलाई कार्यक्रममा सम्मान गरिएको छ ।
साथै कार्यक्रमका अध्यक्ष सन्तोष सिंहले प्रमुख अतिथि गृह मन्त्रि साहलाई मायाको चिनो प्रदान गरेका छन् ।

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..

कमेन्ट गर्नुहोस्
view comments