तिहार र छठ पर्व नजिकिएसँगै गौशालामा माटोको भाडा किन्नेहरुको भिडभाड
ममता शर्मा
गौशाला , कार्तिक १ गते
तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीको गौशाला बजारमा माटोको भाडाको विक्री बढेको छ । मिथिलाञ्चलमा हर्सोउल्लासकासाथ मनाईने दिपावली र छठ पर्व आउँन अब केहि दिन मात्र बाकी छ । गौशाला बजार स्थित घैला बजारमा अनेक प्रकारका माटोको भाडा , बासको छिट्टी लगायतका तिहार र छठ पर्वमा उपयोग गरिने महत्वपूर्ण सामग्रीहरुको विक्री वितरण बढेको हो ।
महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजार लगायत मधेश प्रदेशको आठ ओटै जिल्लामा प्राय साप्ताहको दुइ दिन लाग्ने हाट बजारहरुमा अहिले माटोका भाडाहरुको बिक्रीमा बृद्धि भएको हो ।
हाट बजारहरुमा मात्र नभएर माटोको भाडाहरु गाउँ गाउँ टोल टोलमा कुम्हारहरुले बेच्ने गरेका छन् ।
तिहार र छठ पर्वमा बिशेष उपयोग हुने माटोको दियो ,ढाकी ,सुपा ,डलिया, मौनी ,हात्ती ,कोसिया ,कुरवार, सर्वा लगायतका माटाका भाडाको बजारमा माग बढेको गौशालाका विश्वजित पंडितले जानकारी दिए ।वर्षैपिच्छे मनाइने तिहार र वर्षमा दुइ चोटी मनाइने छठ पर्वमा उल्लेखित माटोको भाडाहरु अनिवार्य रुपमा प्रयोग गर्ने परम्परा रहेकोले अहिले बजारहरुमा माटाका भाडाहरु खरिद तथा विक्री गर्न आउनेहरुको वृद्धि भएको उनले बताए ।
माटोको भाडो चोखो र पवित्र हुन्छ भनि मान्यता दिदै आइरहेको परम्परालाई अहिले पनि मान्दै आइरहेको गौशाला निवासी फुल कुमारी देवीले बताइन । उनले भनिन्, “छठमा तयार गरिएको विभिन्न पाकवानहरु सर्वा , ढकना, कुरवारमा राखी छिटीमा हालेर छठ घाटमा लगिन्छ । सुपमा पकवानहरु राखी सुर्यलाई अर्घ दिईन्छ ।”
माटोका भाडामा विक्री वितरण बढोत्तरी भएसंगै कुम्हारहरुलाई माटाका भाडाहरु बनाउन भ्याई नभ्याई छ । गौशाला बजारमा कोशौ टाढा छिमेकी जिल्लाहरुबाट पनि मानिसहरु माटाका भाडाहरु खरिद विक्री गर्न आउने गरेका छन् । लक्ष्मी पूजाको दिन बालिने माटोको दियो तथा छठमा प्रयोग गरिने विभिन्न माटाको र वासको सामग्री बनाउन गौशालाका कुम्हारहरु अहिले व्यस्त छन् । अन्य समयमा त्यति विक्री नहुने तर तिहार र छठ पर्वमा माटाको भाडाको विक्री अत्यधिक हुने गर्दछ ।

बजारमै बासको सुपा बनाउदै बेचीरहेका गौशाला -७ का प्रमोद मल्लिक भन्छन , “ सोमवार बजारको दिन भएकोले सुपा बनाउन भ्याई नभ्याई हुन्छ । हामी घरमा पनि बनाएर बजार बेच्न ल्याउछौ र बजारमा पनि बनाउदै बेच्ने गर्दछौ ।” यो पर्वमा सुपा , छिटी बेचेर ५० देखि ६० हजार आम्दानी हुने गरेको उनले बताए ।
त्यस्तै माटाको भाडा बेचिरहेका गौशाला-१ रामनगर निवासी रामश्रेष्ठ पण्डित भन्छन, “यी माटाका भाडाहरु बिशेष गरि यहि पर्वमा बढी विक्री हुन्छ । जसबाट हामीलाई करिब १ लाख सम्म आम्दनी हुने गरेको छ ।”


माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
14 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
14 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
17 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
18 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
20 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments