चुनावको भोज खानेहरु उत्साहित तर किसान चिन्तित

3 वर्ष पहिले प्रकाशित

(2079-07-01 B.S.)

3305 पटक देखिएको

ममता शर्मा

गौशाला , कार्तिक १ गते 

मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको महोत्तरीमा चहल पहल सुरु भएको छ । प्रत्येक ५ वर्षमा हुने यो निर्वाचन देशको भौतिक ,आर्थिक ,सामाजिक आदि विकासको लागि हुने गरेको छ । तर जति नै चुनावबाट निर्वाचित भएर जनप्रतिनिधि फेरीए पनि जनताको समस्या समाधान हुन सकेको छैन । चुनाव आउदै गरेकोले चुनावी भोज खानेहरु उत्साहित छन् तर किसान आफ्नो विभिन्न समस्या समधान हुन नसकेकोले चिन्तित छन् ।

किसानको समस्या ,शिक्षाको समस्या ,सडक तथा अन्य भौतिक कुराको निर्माण लगायतका जनताको समस्या अहिले सम्मको अवस्थामा पनि समाधान हुन नसेकोले जनप्रतिनिधिहरु माथि जनताको विश्वास कायम हुन नसकेको हो ।

अहिले किसानहरुले लगाएको धानवाली काट्ने समय आएको छ । तर महिनौ देखि मेहनत गरेर राम्रो उब्जनी हुने आश राखेका गौशाला -५ का किसान रामचन्द्र साह धानको उब्जनीमा कमि आउने निश्चित भएपछि चिन्तित छन् । धानबालिमा हाल्नुपर्ने रासायनिक मल ,खाद्य समयमा उपलब्ध नहुदा धानको उब्जनी मात्रामा कमि आउने उनि बताउछन् ।  

त्यस्तै सोनमा गाउँपालिका वडा न.२ तरहारीका किसान अनिल यादव पनि किसानले आफ्नो मेहनत गरे अनुसारको फल कहिल्यै पाउन नसकेको गुनासो गर्छन । उनले प्रत्येक वर्ष २ बिघा जमिनमा धान उब्जनी गर्ने गरेका छन् । तर अघिल्लो वर्ष झैँ यसपाली धान उब्जनी नहुने पक्का रहेको उनि बताउछन् । वर्षौदेखि म खेतीपाती गरिरहेको छु , उनि भन्छन, “यसपाली पनि ४० कठ्ठा खेतमा धान लगाएको छु ।पछिल्लो वर्षहरुमा कठ्ठाको ४ मनको दरले उब्जनी हुने गरेको थियो । यसपाली कठ्ठाको २ मन पनि उब्जनी हुने छैन ।“

समयमा खाद्यमल ,सिचाईको व्यवस्थापन हुन नसकेकोले यसपालीको धान उब्जनीले फाइदा नहुने भन्दै उनले दुख व्यक्त गरेका छन् ।

यसरी किसानको समस्याको समाधान गर्ने भनेर प्रत्येक उम्मेदवारले बाचा गर्छन तर निर्वाचित भएर आएपनि जनताको समस्या समाधानको चासो कसैले दिन नसकेको गौशालाका अर्का एक किसान गोपाल ठाकुरले गुनासो गरेका छन् । किसानको समस्या मात्र नभएर जनसमुदायको हरेक क्षेत्रको विकास जसले गर्न सक्छ ,जो सक्षम ,योग्य ,निस्वार्थी ,समाजसेवी छ, सोहि व्यक्तित्वलाई आउदो चुनावमा भोट दिनुपर्नेमा कुनै दुइ मत नभएको ठाकुर बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

14 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

17 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

6 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

14 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

14 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

17 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

18 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

20 दिन पहिले