चुनावको भोज खानेहरु उत्साहित तर किसान चिन्तित

4 वर्ष पहिले प्रकाशित

(2079-07-01 B.S.)

3404 पटक देखिएको

ममता शर्मा

गौशाला , कार्तिक १ गते 

मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको महोत्तरीमा चहल पहल सुरु भएको छ । प्रत्येक ५ वर्षमा हुने यो निर्वाचन देशको भौतिक ,आर्थिक ,सामाजिक आदि विकासको लागि हुने गरेको छ । तर जति नै चुनावबाट निर्वाचित भएर जनप्रतिनिधि फेरीए पनि जनताको समस्या समाधान हुन सकेको छैन । चुनाव आउदै गरेकोले चुनावी भोज खानेहरु उत्साहित छन् तर किसान आफ्नो विभिन्न समस्या समधान हुन नसकेकोले चिन्तित छन् ।

किसानको समस्या ,शिक्षाको समस्या ,सडक तथा अन्य भौतिक कुराको निर्माण लगायतका जनताको समस्या अहिले सम्मको अवस्थामा पनि समाधान हुन नसेकोले जनप्रतिनिधिहरु माथि जनताको विश्वास कायम हुन नसकेको हो ।

अहिले किसानहरुले लगाएको धानवाली काट्ने समय आएको छ । तर महिनौ देखि मेहनत गरेर राम्रो उब्जनी हुने आश राखेका गौशाला -५ का किसान रामचन्द्र साह धानको उब्जनीमा कमि आउने निश्चित भएपछि चिन्तित छन् । धानबालिमा हाल्नुपर्ने रासायनिक मल ,खाद्य समयमा उपलब्ध नहुदा धानको उब्जनी मात्रामा कमि आउने उनि बताउछन् ।  

त्यस्तै सोनमा गाउँपालिका वडा न.२ तरहारीका किसान अनिल यादव पनि किसानले आफ्नो मेहनत गरे अनुसारको फल कहिल्यै पाउन नसकेको गुनासो गर्छन । उनले प्रत्येक वर्ष २ बिघा जमिनमा धान उब्जनी गर्ने गरेका छन् । तर अघिल्लो वर्ष झैँ यसपाली धान उब्जनी नहुने पक्का रहेको उनि बताउछन् । वर्षौदेखि म खेतीपाती गरिरहेको छु , उनि भन्छन, “यसपाली पनि ४० कठ्ठा खेतमा धान लगाएको छु ।पछिल्लो वर्षहरुमा कठ्ठाको ४ मनको दरले उब्जनी हुने गरेको थियो । यसपाली कठ्ठाको २ मन पनि उब्जनी हुने छैन ।“

समयमा खाद्यमल ,सिचाईको व्यवस्थापन हुन नसकेकोले यसपालीको धान उब्जनीले फाइदा नहुने भन्दै उनले दुख व्यक्त गरेका छन् ।

यसरी किसानको समस्याको समाधान गर्ने भनेर प्रत्येक उम्मेदवारले बाचा गर्छन तर निर्वाचित भएर आएपनि जनताको समस्या समाधानको चासो कसैले दिन नसकेको गौशालाका अर्का एक किसान गोपाल ठाकुरले गुनासो गरेका छन् । किसानको समस्या मात्र नभएर जनसमुदायको हरेक क्षेत्रको विकास जसले गर्न सक्छ ,जो सक्षम ,योग्य ,निस्वार्थी ,समाजसेवी छ, सोहि व्यक्तित्वलाई आउदो चुनावमा भोट दिनुपर्नेमा कुनै दुइ मत नभएको ठाकुर बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले