गौशालामा चिठ्ठा नखोलेपछी सत्य लक्की ड्र माथि जनसमुदायद्वारा आक्रमण ,सामान लगे लुटेर
ममता शर्मा
गौशाला ,कार्तिक ६ गते
महोत्तरीको गौशालामा चिठ्ठा नखोलेपछी सत्य लक्की ड्र माथि जनसमुदाय आक्रोशित भई आक्रमण गरेका छन् । आइतबार गौशाला -४ स्थित कबर्ड हलमा राखिएको सत्य लक्की ड्रले चिठ्ठा अन्तर्गत पर्ने सामानहरु जनसमुदायले लुटपाट गरेर लगेका छन् ।
जो संग सत्य लक्की ड्र को टिकट छ, उनीहरु उपहार लिनबाट बन्चित भएपछि जनसमुदायले इलाका प्रहरी कार्यालय गौशाला घेराउ गरेका छन् ।



करिब १ महिना अगाडी देखि गौशाला नगरपालिका ४ मा संचालित सत्य लक्की ड्र ले दशैँ तिहार तथा छठ पर्वको अवसरमा बम्पर उपहार योजना ल्याएका थिए । जसमा प्रति व्यक्ति प्रति टिकट २ सय ५१ रुपैयाँ टिकट दस्तुर तोकिएको थियो । जुन व्यक्तिहरुले टिकट कटाए उनीहरुले आज योजना अनुरुप सत्य लक्की ड्र ले चिठ्ठा नखोले पछी जनसमुदाय आक्रोशित भएका छन् ।
सत्य लक्की ड्र ले टिकट उल्लेख गरिएका प्रत्येक लक्की नम्बरमा उपहार पर्ने जनाएको थियो । उपहारहरुमा मोटरसाइकल ,फ्रिज,साइकल ,टेबल पंखा ,घडी ,कुर्सि ,एलईडी टिभी ,दराज ,कुकर ,मोबाइल आदि सामग्रीहरु उपलब्ध गराइने उल्लेख गरिएको थियो ।
तर आज उपहार लिने दिनमा टिकट भएका जनसमुदाय रित्तो फर्किने पर्ने अवस्था सिर्जना भएको छ । जनसमुदायको पैसा संकलन गर्ने झुटा जालमा फसाएर सत्य लक्की ड्र ले जनसमुदायलाई उल्लु बनाउने प्रयास गरेको नाम नभन्ने सर्त एक व्यक्तिले बताए ।
अहिले कबर्ड हल देखि जिरो माइल सम्म हजारौ मानिस जम्मा भइ विरोधमा उत्रिएका छन् । जनसमुदायलाई रोक्नको लागि प्रहरी परिचालन गरिएको छ ।
करिब १८ हजार जनसमुदायले टिकट कटाएको आयोजक गौशाला -४ निवासी लालबाबु साहले बताए ।

आयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनसमुदायको पैसा फिर्ता गर्ने र आयोजकमाथि मुद्धा चलाउने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।







.jpg)

.jpg)

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
14 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
14 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
17 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
18 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
20 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments