गौशालामा चिठ्ठा नखोलेपछी सत्य लक्की ड्र माथि जनसमुदायद्वारा आक्रमण ,सामान लगे लुटेर

4 वर्ष पहिले प्रकाशित

(2079-07-06 B.S.)

8972 पटक देखिएको

ममता शर्मा 

गौशाला ,कार्तिक ६ गते

महोत्तरीको गौशालामा चिठ्ठा नखोलेपछी सत्य लक्की ड्र माथि जनसमुदाय आक्रोशित भई आक्रमण गरेका छन् । आइतबार गौशाला -४ स्थित कबर्ड हलमा राखिएको सत्य लक्की ड्रले चिठ्ठा अन्तर्गत पर्ने सामानहरु जनसमुदायले लुटपाट गरेर लगेका छन् ।

जो संग सत्य लक्की ड्र को टिकट छ, उनीहरु उपहार लिनबाट बन्चित भएपछि जनसमुदायले इलाका प्रहरी कार्यालय गौशाला घेराउ गरेका छन् ।

करिब १ महिना अगाडी देखि गौशाला नगरपालिका ४ मा संचालित सत्य लक्की ड्र ले दशैँ तिहार तथा छठ पर्वको अवसरमा बम्पर उपहार योजना ल्याएका थिए । जसमा प्रति व्यक्ति प्रति टिकट २ सय ५१ रुपैयाँ टिकट दस्तुर तोकिएको थियो । जुन व्यक्तिहरुले टिकट कटाए उनीहरुले आज योजना अनुरुप सत्य लक्की ड्र ले चिठ्ठा नखोले पछी जनसमुदाय आक्रोशित भएका छन् ।

सत्य लक्की ड्र ले टिकट उल्लेख गरिएका प्रत्येक लक्की नम्बरमा उपहार पर्ने जनाएको थियो । उपहारहरुमा मोटरसाइकल ,फ्रिज,साइकल ,टेबल पंखा ,घडी ,कुर्सि ,एलईडी टिभी ,दराज ,कुकर ,मोबाइल आदि सामग्रीहरु उपलब्ध गराइने उल्लेख गरिएको थियो ।

तर आज उपहार लिने दिनमा टिकट भएका जनसमुदाय रित्तो फर्किने पर्ने अवस्था सिर्जना भएको छ । जनसमुदायको पैसा संकलन गर्ने झुटा जालमा फसाएर सत्य लक्की ड्र ले जनसमुदायलाई उल्लु बनाउने प्रयास गरेको नाम नभन्ने सर्त एक व्यक्तिले बताए ।

अहिले कबर्ड हल देखि जिरो माइल सम्म हजारौ मानिस जम्मा भइ विरोधमा उत्रिएका छन् । जनसमुदायलाई रोक्नको लागि प्रहरी परिचालन गरिएको छ ।

करिब १८ हजार जनसमुदायले टिकट कटाएको आयोजक गौशाला -४ निवासी लालबाबु साहले बताए ।

आयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनसमुदायको पैसा फिर्ता गर्ने र आयोजकमाथि मुद्धा चलाउने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले