गौशाला नगरपालिका पछाडी पर्नुको मुख्य कारण गिरिराजमणि पोखरेल

4 वर्ष पहिले प्रकाशित

(2079-07-15 B.S.)

8746 पटक देखिएको

ममता शर्मा 

कार्तिक १५ गते 

महोत्तरीको निर्वाचन क्षेत्र न.१ मा गौशाला नगरपालिका ,बर्दिवास नगरपालिका र भंगहा नगरपालिकाको ४ ओटा वडा पर्दछन । यहि क्षेत्र बाट तिन तिन पटक निर्वाचित भएर गिरिराजमणि पोखरेल स्वास्थ्य , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि समेत भएको सबैलाई अवगत नै छ ।

आज भन्दा करिब १० वर्ष पहिलाको बर्दिवास र गौशालाको तुलना गर्दा अहिले विकास कार्यमा यी दुइ नगरपालिकामा धेरै भिन्नता पाइन्छ । यसको मुख्य कारण पुर्व मन्त्रि गिरिरणमणि पोखरेल नै  हुन् भनेर जनसमुदायले आलोचना गरेका छन् ।

महोत्तरी क्षेत्र न. १ को जनताले पटक पटक विश्वास गरेर गिरिराजमणि पोखरेललाई निर्वाचित समेत गराए । उनले निर्वाचित भएर पनि न शिक्षामा राम्रो काम गरे नत जनताको भावनालाई नै बुझे ।

उनि मन्त्रि हुदा जनतालाई ठुलो ठुलो सपना देखाए तर गौशालामा भएको विकास र बर्दिवासको बिकासमा भेदभाव गरेको जनसमुदायले आलोचना गरेको छन ।

बर्दिवासमा निर्मल प्राविधिक क्याम्पस र मेडिकल क्याम्पस लगायतको शिक्षा क्षेत्रमा कार्यहरु भएका छन् तर गौशालामा उही पिछडिएको , अव्यस्थित त्रिभुवन मा.वि. जस्ताको तस्तै छ ।

गौशाला नगरवासीलाई गिरिराजमणि पोखरेलले झुटो आश्वसन दिएर जनतालाई भ्रमित गर्ने कार्य गरेको एमाले पार्टीका एक नेताले बताए । यहाँ मन्त्रिले  सहरीकरण गर्न सकेनन उनले भने , "भोट माग्ने बेलामा ज्यू ज्यू गर्दै , जनताको खुसिको लागि जे पनि गर्छु भनेर भन्छन तर चुनावमा बिजयी भएपछी निर्लज सरि आफ्नो स्वार्थ पुरा मात्र गर्ने गरेका छन्।"

गौशालामा हुन सक्ने सम्भावित विकास पनि मन्त्रिले गर्न नसकेको उनको भनाई छ ।"जो व्यक्ति १५ वर्षसम्म सत्तामा हुदा पनि जनताले सुखद परिवर्तन देख्न पाएनन् । अबको मङ्सिर ४ गतेको चुनावमा  जितेर पनि उनले यहाँको जनतालाई उभो लाग्न दिन्छन जस्तो लाग्दैन।"

महोत्तरीको गौशाला पुरानो अस्तित्व बोकेको व्यापारिक केन्द्रको रुपमा रहेको तर एउटा बजार व्यवस्थापन गर्न समेत नसकेका नेताहरुलाइ किन पटकपटक भोट दिने भनेर गौशाला ९ भरतपुर निवासी गोपाल ठाकुरले अलोचना गरे । उनले गौशाला नगरपालिकामा आन्तरिक आम्दानी स्रोत प्रयाप्त मात्रामा भएपनि विकास नहुनुमा गिरिराज मणि पोख्रेल दोषी रहेको दाबी समेत गरे ।

उनि भन्छन, "गौशाला बजारमा कोशौ टाढाबाट मानिसहरु व्यापार गर्न आउने गर्दछन । तर यहाँ न बाटो बन्यो नत बजार व्यवस्थापन नै भयो । अब मंसिर ४ गते यो सबै कुरा ध्यान राखेर मत दिनु पर्छ।"

अबको निर्वाचनमा नयाँ नेतृत्वलाई ल्याउनु अति आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले