रेल सेवामा बिस्तार, तीन पटक सञ्चालन हुने

4 वर्ष पहिले प्रकाशित

(2079-08-12 B.S.)

2389 पटक देखिएको

महोत्तरी । तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर सोमबार देखि तीन पटक सञ्चालनमा ल्याइएको छ । विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीनपटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।

कम्पनीले मङ्सिर ११, १२ र १३ गते भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान ८ः३०, १२ः३० र दिउसो ३ः३० बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी जनकपुरधामबाट बिहान १०ः४५, १ः४० र ५ः१५ बजे जयनगरका लागि रेल छुट्ने उहाँले जानकारी दिए । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालन गरिएको हो ।

रेल सेवाले भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाम आउनका लागि निकै सहयोग मिलेको पनि महोत्तरी जिल्लाको भिट्ठामोड नाकाबाट आएका तीर्थयात्रीका लागि पर्याप्तमात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्री कष्टपूर्ण यात्रा गर्न विवश देखिन्छन् ।

थोरै बस सेवा सञ्चालन भएकाले यात्रीले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीले गरेका छन् । कतिपय यात्रा भिट्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिन्छ ।   

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ हुनाका साथै स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासका लागि पन्डाल निर्माण गरेका छन् । विषेशगरी नेपाल तथा भारतको विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम आउनेक्रम विगत दुई दिनदेखि जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले