किन मनाइन्छ वर्षेनी विवाह पंचमी ,यस्तो छ रहस्य
विवाह पञ्चमीको बारेमा सबै पुराणहरुमा विशेष महत्व दिइएको छ । यद्यपि, यसको धेरै महत्व हुँदा-हुँदै पनि कतिपय स्थानमा यो दिन विवाह गरिादैन । चाहे धार्मिक दृष्टिले विवाह पञ्चमी दिनको विशेष महत्व होला । तर, मिथिलाञ्चल तथा नेपालमा यो दिन विवाह गरिादैन । पर्वको रुपमा त यसलाई मनाइन्छ । तर, सीताको दुःखद् वैवाहिक जीवनका कारण यो दिन विवाह गर्न बन्द गरिएको बताइन्छ ।
भौगोलिक रुपले सीता मिथिलाकी छोरी मानिन्छिन् । त्यसैले पनि मिथिलावासी सीताले पाएको दुःख तथा कष्टका कारण अतिरिक्त रुपमा संवेदनशील छन् । १४ वर्ष वनवासपछि पनि गर्भवती सीतालाई रामले परित्याग गरेका थिए । त्यसरी राजकुमारी सीताले महारानी सीताको सुःख पाउनबाट बञ्चित भएकी थिइन् ।
त्यसैले, विवाह पञ्चमीको दिन मानिसहरु आफ्नी छोरीको विवाह गर्न मन पराउँदैनन् । उनीहरुलाई के कुराको आशंका हुन्छ भने कति उनीहरुका छोरीहरुले पनि सीताले झैं दुःख पाउने हुन् कि अथवा उनीहरुका छोरीहरुको विवाहिक जीवन पनि दुःखमय हुने त होइन । केवल त्यति मात्र होइन, विवाह पञ्चमीमा गरिने रामकथाको अन्त्य राम तथा सीताको विवाहमै आएर हुन्छ । किनभने, दुबैको जीवनको अगाडिको कथा दुःख तथा कष्टले भरिएको छ र यो शुभ दिन सुखान्त गरेरै कथाको समापन गरिने परम्परा छ ।
राम तथा सीताको विवाहको वर्षगाँठको रुपमा विवाह पञ्चमीको उत्सव मनाउने गरिन्छ । पौराणिक मान्यताका अनुसार मार्गशीर्ष (अगहन) अर्थात् मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा राम-सीताको स्वयंवर भएको थियो । यो वर्षलाई हाम्रो देशमा खासगरी मिथिलाञ्चलमा निकै उत्साह तथा आस्थाका साथ मनाउने गरिन्छ ।
पौराणिक ग्रन्थहरुका अनुसार भगवान राम तथा देवी सीता भगवान विष्णु तथा देवी लक्ष्मीका अवतार हुन् । दुबैले समाजमा आदर्श तथा मर्यादित जीवनलाई उदाहरणीय बनाउनका लागि मानवको अवतार लिएका थिए । मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा राम-सीताको विवाह मिथिलाञ्चलमा सम्पन्न भएको थियो ।
राम-सीता विवाह कथा
पुराणहरुमा के भनिएको छ भने भगवान राम तथा देवी सीता भगवान विष्णु तथा माता लक्ष्मीका अवतार हुन् । राजा दशरथको घरमा जन्मिएका राम तथा राजा जनककी छोरी हुन् सीता । भनिन्छ, सीताको जन्म धर्तीबाट भएको हो । जब जनक हलो जोतिरहेका थिए । तब उनले एउटी सानी बच्चीलाई फेला पारेका थिए । उनैलाई सीता नामाकरण गरिएको थियो । उनैलाई जनक नन्दिनी पनि भन्न थालियो ।
मान्यता के छ भने एक पटक बाल्यकालमा सीताले मन्दिरमा राखिएको धनुषलाई निकै सहजताले उठाएकी थिइन् । उक्त धनुषलाई त्यो बेलासम्म परशुरामका अतिरिक्त अन्य कुनै पनि व्यक्तिले उठाउन सकेका थिएनन । त्यसपछि राजा जनकले के निर्णय गरे भने जो व्यक्तिले शिवको उक्त धनुष उठाउँछ, उसैसाग सीताको विवाह गरिने छ ।
त्यसपछि सीताको स्वयंवरको दिन निश्चित गरिएको थियो र सबै ठाउँमा उक्त सन्देश पनि पठाइएको थियो । त्यो बेला भगवान राम तथा लक्ष्मण महषिर् वशिष्ठसाग दर्शकको रुपमा त्यही स्वयंवरमा पुगेका थिए । थुप्रै राजहरुले धनुष उठाउने प्रयास गरे । तर, कसैले पनि उक्त धनुषलाई हल्लाउन समेत सकेनन् । हताश जनकले करुण शब्दमा आफ्नो पीडा वशिष्ठसाग व्यक्ति गदै भनेका थिए-के कोही पनि मेरी छोरीको योग्य छैनन् त ?
त्यसपछि महषिर् वशिष्ठले भगवान रामलाई उक्त स्वयंवरमा भाग लिनका लागि आदेश दिए । आफ्ना गुरुको आज्ञा पालना गर्दै भगवान श्रीरामले धनुष उठाए र त्यसमा प्रत्यंचा चढाउन खोज्दै थिए । धनुष भाँचियो । त्यसप्रकार उनले स्वयंवरको सर्त पुरा गरेर सीतासाग विवाह गर्नका लागि योग्य ठहरिए ।
राम र सीतालाई नेपाली जनमानसमा प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रुपमा लिने गरिन्छ । इतिहास तथा पुराणहरुमा रामजस्ता कुनै पुत्र, दाजु, योद्धा तथा राजा हालसम्म पैदा नभएको उल्लेख गरिएको छ । त्यसैले गरी इतिहास तथा पुराणहरुमा सीता जस्ती कुनै पुत्री, श्रीमती, आमा, बहु हालसम्म नजन्मिएको उल्लेख गरिएको छ ।
त्यसैले पनि हाम्रो समाजमा राम तथा सीतालाई आदर्श श्रीमान्-श्रीमतीको रुपमा स्वीकारिएको छ र उनीहरुकै पूजा गरिन्छ । यसैलाई मध्येनजर गर्दै राम-सीताको विवाहको वर्षगाँठलाई उत्सवको रुपमा मनाउने परम्परा रहँदै आएको छ ।
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
27 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
2 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
2 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरप..
कमेन्ट गर्नुहोस्
view comments