गौशालामा न्याय र बासको लागि भौतारिदै पुर्व प्रहरी हवल्दार
ममता शर्मा
महोत्तरी
महोत्तरीको गौशाला -५ का ७१ वर्षीय मुरारी प्रसाद भट्टराई र करिब ७० वर्षीय बिजन ठाकुरको घरमा बि.स.२०७५ सालमा नगरपालिकाले डोजर चलाएर भत्काएपछी उनीहरुको परिवार बेघर भएका छन्।
२०५२ साल देखि नै गौशाला गाबिस वडा न. २ हाल गौशाला -५ घैला बजार स्थित ११५ न. कित्तामा रहेको आफ्नै घरमा पुर्व हवल्दार मुरारी चिया ,खाजा पसल चलाउथे । २०३२ सालदेखि बस्दै आएको घर अनाधिकृत रुपमा घर टहरा निर्माण गरि पसल संचालन गरेको भनेर सरकारले भत्काईदिएपछि उनी र उनकी श्रीमती (हाल ६८ वर्षीय) सितादेवी भट्टराई बेघर भए र भाडामा कोठा लिएर बस्न बाध्य भए ।

आम्दानीको जुन स्रोत थियो त्यो पसल, त्यो पनि रहेन , उनि भन्छन, "अब त एक छाक टार्न पनि हामीलाई मुस्किल परेको छ । घर त भत्काईदियो तर जिउनको लागि अर्को बाटो देखाउन सकेन यो निर्दयी सरकारले ।"
स्थानीय सरकाले घर भत्काएपनि अन्त बासस्थानको व्यवस्थापन नगरेपछी गैर जिम्मेवार सरकारले आफ्नो जीवन नै बर्बाद गरिदिएको भन्दै उनि भक्कानिन्छन।

गौशाला नगरपालिका -५ बजार स्थित ११५ न. कित्ता जग्गामा घर बनाई करिब ५ दशक देखि बसोबास गर्दै आइरहेका मुरारी र उनका छिमेकी बिजन ठाकुर अहिले बेघर भएका छन् । त्यहाँ रहेका अनेकौ घरहरु मध्य गरिब,निमुखा ,कमजोर ,असहाय परिवारहरुको मात्र घरहरु भत्काईएको आरोप लगाउछन मुरारी ।
२०७४ को स्थानीय तहको चुनावमा नेकपा माओवादी पार्टीबाट निर्वाचित मेयर शिवनाथ महतोको पालामा नगरपालिकाले एकतर्फी रुपमा डोजर लगाएपछि मुरारी सहित बिजन ठाकुरको पनि घर भत्किएर बजारमा परिणत भएको छ ।

मुरारी भन्छन, "गौशाला नगरपालिकाको मेयर शिवनाथ महतोले २०७५ साल माघ ६ गते पत्र संख्या २०७५/०७६ ,चलानी न.८३२ पत्रानुसार घर टहराहरु हटाउने सम्बन्धमा सूचना गरेको थियो । सूचना अनुसार ११५ न.कित्ताको सम्पूर्ण घरहरु हटाउने पर्ने भएतापनि २ गरिब र असहाय परिवार घर भत्क्यो तर अरु ठुला ठुला बिल्डिङ जस्ताको तस्तै रह्यो ।

बिजन ठाकुर (मोछु ) ले महोत्तरी जिल्ला अदालत जलेश्वरबाट स्टे अर्डर लिएर आएपनि जबर्जस्ति नगरपालिकाले घर भत्काएको आरोप लगाउछन । उनि भन्छन , "२०७५ साल माघ ६ गते नगरपालिकाले घर भत्काउने सूचना जारी गर्यो। हामीले महोत्तरी जिल्ला अदालत जलेश्वरबाट घर नभत्काउन र कुनै पनि किसिमको क्षति नपुर्याउन आदेश जारि गरेको पत्र लिएर आयौ तर नगरपालिकाले अदालतको आदेश सुनेनन् ,अनि हाम्रो घर भत्काईदियो ।"

अदालतले घर नभत्काउन दिएको आदेश देखाउँदा पनि प्रहरी प्रशासन र नगरपालिकाको मेयर महतोले जवरजस्ती घर भत्काएको ठाकुर बताउँछन् ।
अदालतको आदेशको समेत अवज्ञा हुदा सरकारप्रतिको विस्वाश नै टुटेको मुरारी बताउछन । उनि भन्छन, "हामी त सोझो मान्छे । सरकारले केही दिन्छ होला भन्ने सोचेका थियौँ ।त्यसपछि हामी न्यायको मन्दिर अदालतमा पुग्यौ ,न्याय पत्र पनि लिएर आयौ तर यहाँ अदालतको पनि बस चेलन ।"

सरकारको नीतिनियमको पालना गरिब ,निमुखाहरुले मात्र गर्नुपरेको आरोप लगाउदै उनले भने, "०७५ सालमा हाम्रो मात्र घर भत्काएर उठिबास लगायो ।’ जो बिलियो थियो ,पैसा र पावरवाला थियो उसको घर अहिले पनि यथावत नै छ । हामी गरिब ,त्यहि माथि कमजोर , बलियाको हेपाइ त सहनै पर्यो ।"
यसमा पुर्व मेयर शिवनाथ महतो के भन्छन् त ?
हाम्रो २०७५ माघ ६ गतेको बैठक अनुसार पहिलो चोटीको ति दुइ घर भत्काउने र अर्को पटकमा अरु घरहरु हटाउने योजना थियो तर अरु घरहरु भत्काउन हाम्रो क्षमताले भ्याएन । त्यहि भएर ति यथावत छन् । ति दुइ परिवारको लागि तुरुन्त जग्गा व्यवस्थापन गर्ने निर्णय हुदा पनि हामीले व्यवस्थापन गर्न सकेनौ ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments