जन्तीको गाडी दुर्घटनामा मृत्यु भएकाहरुको पाँचैजनाको परिचय खुल्यो

3 वर्ष पहिले प्रकाशित

(2079-08-17 B.S.)

4384 पटक देखिएको

मंसिर १७ गते ।
धनुषामा जन्तीको गाडी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । इटहरीबाट जन्ती बोकेर फर्किँदै गरेको ना १ ज ८३९६ नम्बरको विङ्गर र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको पिकप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएकाहरुमा धनुषाको मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ७ ससौलाकी १३ वर्षीया सृजना साह, १८ वर्षीया मञ्जु साह र गाडी चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षका अब्दुल मन्सुर छन् । सृजना र मञ्जु दिदी बहिनी हुन् भने रुवी र एस फूपू भतिज रहेको परिवारजनाले जनाएको छ ।
दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
मृतकहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
जन्ती महोत्तरीको पिपरा गाउँपालिका २ गमहरियाबाट इटहरी गएको थियो । त्यहाँबाट सोयम्बर सकेर फर्किदै गरेको जन्ती चढेको एक विंगर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठक्कर खाएको पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

17 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

19 दिन पहिले