मधेश प्रदेशमा :२२ करोड रूपैयाँ बढीको अवैध सामान बरामद

3 वर्ष पहिले प्रकाशित

(2079-08-21 B.S.)

4534 पटक देखिएको

जनकपुर,२१ मंसिर । 
४ महिनाको अवधिमा मधेश प्रदेशमा सशस्त्र प्रहरीको टोलीले  करिब २२ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी गस्ती टोलीले  मधेश प्रदेशका ८ वटै जिल्लाबाट करोडौं रुपैयाको अवैध सामान बरामद गरेको हो । यही आर्थिक वर्षको साउनदेखि हालसम्म २२ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो । भारतबाट अवैध रूपमा ल्याइएका कपडा, किराना र हार्डवेयर लगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै ५१ लाख ८५ हजार रुपैयाँ स्रोत नखुलेको नेपाली रुपैयाँ पनि बरामद गरिएको छ । यहि अवधिमा ४० लाख १५ हजार रुपैया बराबरको अवैध काठ र ३६ लाख ५३ हजार रुपैयाँ बराबरको चौपाया समातेर बुझाइएको छ । यसैगरी २० लाख ७२ हजार रुपैयाँ बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करी लगायत विभिन्न गैरकानूनी काममा लागेका ७८ जनालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी, छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।
यस्तै २८ हजार ४१ थान विभिन्न प्रकारका लागूऔषध, १५ क्विन्टल २८ किलोग्राम गाँजा, २० किलोग्राम चरेस र ५ ग्राम खैरो हेरोइन पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ४ थान अवैध हतियार र ९ थान गोली सशस्त्र प्रहरीले बरामद गरेको छ । मधेश प्रदेशको ८ जिल्लाको विभिन्न नाकामा फसेका २१ जना महिलाको उद्धार समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

17 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

19 दिन पहिले