निहारिका र नेहाको अनावश्यक आन्दोलनप्रति नगरपालिकाले असन्तुष्ट व्यक्त गर्दै निकाल्यो विज्ञप्ति ,क्षतिपूर्तिको माग

3 वर्ष पहिले प्रकाशित

(2079-09-01 B.S.)

6845 पटक देखिएको

ममता शर्मा , महोत्तरी

महोत्तरीको रामगोपालपुर नगरपालिकाले निहारिका र नेहाको अनावश्यक आन्दोलनप्रति असन्तुष्ट व्यक्त गर्दै विज्ञप्ति जारि गरेको छ  बिहिबार जारी विज्ञप्तिमा नगरपालिकाले क्षतिपूर्ति सहित कानुनी कारवाहीको माग गरेको छ 

बुधबार र बिहिबार नेहा चौधरी र निहारिका राजपुतको नेतृत्वमा नगरपालिकामा भएको तोडफोड ,आगजनी र ढुंगामुढाबाट सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई समेत आघात पुगेको घटना प्रति नगरपालिकाको नगर प्रमुख रामदुलार साह र प्रमुख प्रशासकीय अधिकृतको गम्भीर ध्यानाकर्षण भएको हो 

तोडफोडबाट करिब ५ लाख बराबरको क्षति भएको र सोको मुअब्जा असुलको साथै दोषीमाथि कडाभन्दा कडा कारवाहीको प्रमुख जिल्ला अधिकारी संग नगरपालिकाले माग गरेको छ 

महिला हिंसामा परेको नेहा चौधरी र निहारिका राजपुतले गरेको आन्दोलन अनावश्यक रहेको नगर प्रमुख साहको ठहर छ  घरायसी समस्यालाई सार्वजनीक गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु अपराध हो, साहले भने , "नेहा चौधरीको समस्याको समाधानको बाटो शान्तिपूर्ण रुपमा गर्न सकिन्छ तर निहारिका राजपुतको भड्काइमा नेहाले यसरि अनावश्यक रुपमा अराजक गतिविधिलाई बढ़ावा दिएर गलत कार्य गरेको छ । यसले समाजमा नराम्रो प्रभाव पर्छ ।"

साथै घरायसी समस्यालाई यसरी सार्वजनिक गरि सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन उनले सम्बन्धित सबैलाई अपिल गरेका छन् 

गत वर्ष नेहा चौधरीको डा. पंकज संग प्रेमपछी समाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा १ करोड २५ लाख नगद नेहाले ससुराली पक्षलाई दाइजो दिएको नेहाको अडान छ  । अदालतबाट मंसिर २६ गते आको आदेश अनुसार जबसम्म मुद्धाको टुंगो लाग्दैन तबसम्म नेहाचौधरीलाई कुनैपनि किसिमको पिडा, यातना ,गालीगलौज कुटपिट मिल्दैन तर २६ गते नेहा आफ्नो श्रीमान पंकजको घरमा जादा ससुराली पक्षले विरोधसाथ घरमा जान दिएनन् 

नेहाको पटक पटकको आत्महत्याको प्रयासले असूरक्षित महशुस भएकोले उनलाई घरमा पस्न नदिएको उनको ससुराली पक्षको भनाई छ 

ससुराली पक्षले घरमा पस्न नदिएपछी नेहा चौधरी र निहारिका राजपुतले आन्दोलन गरेका थिए आन्दोलनमा सडकमा आगजनी ,नगरपालिकामा तोडफोड र ढुंगामुढा प्रहार गरेका थिए 

जसबाट नगरपालिकामा ५ लाख बराबरको हानी नोक्सानी भएको क्षतिपूर्तिको माग र दोषीलाई कारवाहीको नगर प्रमुखले माग गरेका हुन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

12 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

16 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

19 दिन पहिले