मधेश प्रदेश : शपथ ग्रहणसहितको विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक

3 वर्ष पहिले प्रकाशित

(2079-09-08 B.S.)

2604 पटक देखिएको

पुस ८ गते 

मधेश प्रदेशसभामा बैठकको तयारी भइरहेको छ । अर्को साताको आइतबार वा सोमवार सर्वदलीय बैठक बसेपछि प्रदेश सभामा नवनिर्वाचित प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहणको मिति तय हुने भएको छ । सर्वदलीय बैठकले नै प्रदेश सभाको नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण जस्ता विषयमा छलफल हुने भएको छ ।
शपथ ग्रहणको मिति तोकिनु अघि प्रदेश सभाको सरसफाइ, टेबल कुर्सीको व्यवस्थापन, माइकको अवस्थाहरूको परीक्षण गर्ने काम भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले जानकारी दिए । नयाँ दलहरू प्रवेश भएकाले उनीहरूको व्यवस्थापन प्रदेश सरकारको निर्माण भएपछि मात्र हुने सचिव यादवले जानकारी दिदै अहिले भएको संरचनाको प्रयोगमा शपथ ग्रहण सहितको कामकाज हुने भएको छ । शपथ ग्रहणका लागि प्रदेशसभामा निर्वाचित मध्ये ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् । मधेश प्रदेशमा यस पटक दलहरूको संख्या बढेको छ ।
गत निर्वाचनमा निर्वाचित भएका ६ दल प्रदेशसभामा निर्वाचित भएकोमा पछि गएर नेकपा एकीकृत समाजवादी एमालेबाट विभाजित भएपछि ७ दल भएकोमा यस पटक प्रदेशसभामा १० वटा दलको सहभागिता रहने छ । प्रदेश सभामा नयाँ पार्टीको रुपमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उपस्थिति रहेको छ । प्रदेश सभाको निर्वाचनमा नयाँ दलको रुपमा जनमत पार्टीले प्रत्यक्ष तथा समानुपातिक गरेर १३ सिट जितेर प्रदेशसभामा चौथो दल भएको छ । यसैगरी,नयाँ दलको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीले १–१ सिट समानुपातिकतर्फ निर्वाचित छन् । नेपाल संघीय समाजवादी पार्टीले पहिलो चुनाव जस्तै यस पटकको चुनावमा पनि १ सिट समानुपातिकमा निर्वाचित छन् ।
मधेश प्रदेशमा रहेको कुल १ सय ७ सिटमा सबैभन्दा बढी नेकपा एमालेले प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर २३ सिट, नेपाली कांग्रेसले २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोसपाले ९ सिट, नेकपा माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादी पार्टीले ७ सिट जितेका छन् । सरकार निर्माणका लागि ५४ जनाको समर्थन आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

22 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

2 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

2 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

2 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

2 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

2 महीना पहिले