अपराधी प्रवृतिका मेयर बेचनले पत्रकार शैलेन्द्र क्रान्तिलाई दिए छातीको हडी भाँच्ने धम्की
पुस १६ गते ।
जनकपुरधाम - समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार भएको मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ समारोहमा समाचार संकलन गर्न पुगेका अनलाइनखबर र टुडेपाटीमा कार्यरत्त पत्रकार क्रान्तिलाई मेयर दासले प्रदेशसभा परिसरमा दर्जनौ व्यक्तिको सामुन्ने खुलेयामा यस्तो धम्की दिएका हुन् ।
तीनचारमहिना आघि नगरपाकिला कार्यालयमै एकजना पत्रकार मौसम झालाई लात्तले छातीमा हिर्काएर हाड भाँचेको भन्दै अझै तपाई लगायत अझै ५÷६ जना पत्रकारलाई यस्तो गर्ने मेयरले धम्की दिए । ‘तपाईले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभो । तपाईंको नाम त फस्टमै छ ।
आउनु होला नगरपालिका तिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरोना बेचन होइन । मैले भाँच्न सकिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन’ धम्की दिँदै उनले भने ‘म अपराधकर्म, जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’
धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी छन् ।
मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन हुँदा उनी एमालेतिर लागे । दोश्रो पटक फेरि मेयरमा जितेका हुन् । एक किशोरीको हत्या आरोपमा कर्तव्यज्यान मुद्दाबाट उम्केका उनका भाई लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं. २(क)बाट प्रदेश सांसदमा जितेका हुन् ।
डेढवर्ष अघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालिन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार पत्रकार क्रान्तिले बाहिर ल्याएका थिए ।
यी समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । धम्कीपछि पत्रकार क्रान्तिले मेयर दास अपराधी प्रवृतिका मेयर रहेकाले आफू आफू असुरक्षित महसुस गरिरहेको बताए । उनले खुलेआम जिउज्यानमा क्षति पुर्याउनले धम्कीदिने मेयर दासलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।
घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ती जारी गर्दै मेयर दासलाई कारबाहीको माग गरेका हुन् । साभार टुडेपाटी
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
11 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
25 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
1 महीना पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
11 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
25 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
1 महीना पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
1 महीना पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments