निर्माण अलपत्र मुआब्जा विवादका कारण रेल्वे स्टेसन

3 वर्ष पहिले प्रकाशित

(2079-09-18 B.S.)

2035 पटक देखिएको

पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ ।

बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रेल्वे कम्पनीले नदिएको भन्दै अहिले बर्दिबासका बासिन्दा रेल्वे स्टेसन निर्माणमा अवरोध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीय र रेल्वे कम्पनीबीच भएको समझौताका आधारमा मुखाब्जा पाउनुपर्ने स्थानीयको माग छ ।

 पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्याङ्कन प्रतिकट्ठा रु १५ लाखको दर भए पनि भुक्तानी प्रतिकट्ठा रु १० लाखको दरले सादा (खाली) कागजमा सही गराई मुआब्जा दिएपछि मुआब्जा विवाद उत्पन्न भएको स्थानीय जग्गाधनी शङ्कर फुँयालले बताउनुभयो । स्थानीय किसान निरज अधिकारीका अनुसार २०२२ सालको सर्वे नापीअनुसार खोल्सी निर्धारण गरी सोभन्दा पश्चिमको जग्गाको मुआब्जा १५ लाख प्रतिकट्ठाको दरले दिने सम्झौता भएको थियो । 

 रेल्वे स्टेसन समेतको निर्माण स्थलमा परेको जग्गा प्राप्तिको गर्ने प्रयोजनका लागि मुआब्जा पाउनुपर्ने जग्गाधनीहरूले मुआब्जा निर्धारण समितिले उल्लेख गरेको खोल्सी पैनी र बर्दिवास नगरपालिकाले उल्लेख गरेको खौल्सी पैनी भन्ने स्थान फरक परेको बताएका छन् । 

बर्दिवास नगरपालिकाले निर्धाण गरेको खोल्सी पैनी स्थानलाई आधार मानी बढी मूल्यमा मुआब्जा पाउनुपर्ने माग गरेको उनीहरूको माग छ । त्यसैगरी स्थानीय किसान भरतप्रसाद अधिकारी, पुरुषोत्तम मल्ल, विनोद दाहाल, गौरी हमाल, दुर्गा मल्ललगायत दर्जन बढी किसानहरूका अनुसार बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा रु आठ लाखदेखि ८१ लाखसम्मको मूल्याङ्कन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो ।


जसमा रेल्वे कम्पनीले एक अर्ब छ करोड मुआब्जा वितरण गर्नुपर्छ । अधिग्रहण गरिएका जग्गाका धनीहरूले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीका नाममा कित्ताकाटसमेत भइसकेको छ । जग्गाधनीहरूले सम्झौताअनुसारको मुआब्जा पाइएला भनेर खुरुखुरु औँठा छाप लगाए ।

 तर अहिले बैंकबाट पैसा झिक्न जाँदा प्रतिकट्ठा रु १५ लाख हुनुपर्नेमा रु १० लाखमात्र आएको रैछ । यस सन्दर्भमा रेल्वे विभागका प्राविधिक प्रमुख विनोद ओझाले बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये पाँच÷सात बिघा जग्गाको मात्र मुआब्जा विवाद रहेको बताउनुभयो ।

 उहाँले बाँकी जग्गाधनीहरूले सम्झौताअनुसार नै मुआब्जा पाएको दाबी गर्नुभयो । जनकपुर–जयनगर रेल सेवा विस्तार तथा स्तरोन्नति योजनाका क्रममा भङ्गहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल लिक विस्तार तथा रेल्वे स्टेसन निर्माणका लागि नेपाल रेल्वे कम्पनीले एक सय १४ बिघा सर्वसाधारणको जग्गा अधिग्रहण गरेको छ ।रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

12 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

16 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले