महोत्तरीको मठिहानी नगरपालिका द्वारा वडा स्तरीय एकिकृत घुम्ती सेवा सिविर शुभारम्भ

3 वर्ष पहिले प्रकाशित

(2079-09-20 B.S.)

2124 पटक देखिएको

मंजित कुमार 
महोत्तरी - मधेश प्रदेशको  महोत्तरी जिल्ला स्थित  मटिहानी नगरपालिकाले वडा स्तरीय  एकिकृत घुम्ती सेवा सिविर  आज बाट शुभारम्भ गरिएको छ   जनताको घरदैलोमै पुर्याउने उद्देश्यले एकीकृत घुम्ती सेवा प्रारम्भ गरेको छ ।

यसैबीच सो सेवा आज वडा नम्बर १ (एक) को सानो धिरापुरमा एक कार्यक्रम बीच महोत्तरी क्षेत्र नं. ३ (क)का प्रदेश सभा सदस्य अभिराम शर्मा र मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । Open photo

सो अवसरमा प्रदेशसभा सदस्य शर्माले जनताको घरदैलोमा सरकारको सेवा पुग्नु आवश्यक रहेको भन्नु भयो । त्यसैगरी मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वडा र बालिकाको सेवा एकीकृत रुपमा जनतासामु पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भन्नुभयो । Open photo

कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उपप्रमुख मंजु देवी साह, वडा नं. १ का वड़ा अध्यक्ष शिवशंकर कुमार राय, नाजिर राईन, कलीम अंसारी, रितेश साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु लगायतका सहभागी रहेका थिए ।

एकिकृत घुम्ती सेवा सिविर पुष  २० गते देखि २९गते सम्म नगरका ९ वटै वडाहरुमा सञ्चालन गरिने कुरा नगरपालिकाको कार्यालयले जनाएको छ ।

घुम्ती शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता , व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण,माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

12 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

16 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले