निहारिका शिवराज बलात्कार प्रकरण : डीएनए जाँच गरेका विज्ञलाई झिकाउने आदेश

3 वर्ष पहिले प्रकाशित

(2079-09-22 B.S.)

2510 पटक देखिएको

जनकपुरधाम - महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुत मुद्दामा डीएनए जाँच गरेका विज्ञलाई झिकाउने आदेश भएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले सो आदेश दिएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले निहारिकाको बच्चा र आरोपित महेन्द्रनगरका शिवराज श्रेष्ठसँग गत कार्तिक १८ गते ९९.९ प्रतिशत डीएनए मिलेको रिपोर्ट अदालतमा प्राप्त भएको थियो । अदालतले गत साउन ८ गते डीएनए जाँच गर्नका लागि आदेश दिएको थियो । 

अदालतमा सो सम्बन्धमा जाहेरीवलाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता पोखरेल, अधिवक्ता शान्ति रिजाल, रिंकु कुमारी यादव र सह न्यायाधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्रले बहस गरेका थिए ।

आगामी माघ १० गते विज्ञलाई अदालतमा झिकाइ बकपत्र हुने जाहेरवलाको वकिल रिंकु कुमारी यादवले जानकारी दिइन् । उनका अनुसार विज्ञको बकपत्र पछि अर्को पेशी तोकिने छ । त्यही अन्तिम पेशीमा फैसला आउने सम्भावना छ । निहारिकाले जिल्ला अदालत धनुषामा करणी भएको मुद्दा दिएकी थिइन् ।

अदालतले ०७८ माघ २४ गते करणी नभएको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् ।

उच्च अदालतले तोकिएको पेशी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाण्डुमा दोस्रोपटक आमरण अनशन गरेकी थिइन् । सोही क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्रयाकमा अघि बढेको थियो । तर पुनःउनको मुद्दा लम्ब्याउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

12 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

4 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

15 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

16 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले