सप्तरी प्रहरीद्वारा  मिटरब्याज लिएको आरोपमा साह पक्राउ

3 वर्ष पहिले प्रकाशित

(2079-09-24 B.S.)

2014 पटक देखिएको

सप्तरी, २३ गते 

चर्को ब्याज असुली गर्ने गरेको आरोपमा सप्तरी प्रहरीद्वारा  एकजना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका– १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह छन् । उनीमाथि सर्वसाधारणको घरजग्गा बन्धकी राखेर चर्को मिटरब्याजमा ऋण दिने गरेको र सावाँ–ब्याज तिर्नेहरूको धितोसमेत फिर्ता नगरेको आरोप छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार डाक्नेश्वरी–१ का पीडितहरूको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो । सोही मुद्दाका अर्का आरोपित जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
मिटरब्याजपीडित मोहम्मद आफताब आलमका अनुसार अत्यावश्यक काम परेर बुबा युसुफले आफ्नो पाँच कठ्ठा १४ धुर जग्गा धितो राखेर १ फागुन ०७३ मा चन्द्रकान्तसँग १० लाख रुपैयाँ ऋण लिएका थिए । त्यसक्रममा साहले दोब्बर रकमको कागज मात्र गराएनन्, पाँच कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए । 
आलम परिवारले जग्गा धितो राखेर तमसुक गरी लिएको १० लाख ऋण र ब्याजसहितको १० लाख गरी २० लाख रुपैयाँ चुक्ता गर्‍यो । तर, चन्द्रकान्तले जग्गा र तमसुक फिर्ता दिएनन् । चन्द्रकान्तलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

12 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले