सत्ता साझेदार दलहरुको प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिल्यो :मुख्यमन्त्रीमा तीन वटा प्रदेशमा आलोपालो हुने

पुष २५
सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएका छन् । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ ।
प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति छ ।
मधेस प्रदेशमा जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । मुख्यमन्त्रीसँगै उपसभामुख पनि हेरफेर हुनेछ भने सभामुख भने ५ वर्ष नै एमालेले पाउने भएको छ । सुरुमा जसपाले सरकारको नेतृत्व गर्नेछ, तर जसपामा संसदीय दलको नेता चयन हुन बाँकी छ ।
यस्तै बाग्मती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा एमाले र माओवादी माओवादी केन्द्रबीच आलोपालो हुने सहमति भएको छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री र एमालेले उपसभामुख लिनेछ । राप्रपाले पूरै कार्यकाल सभामुख पाउने भएको छ । बाग्मतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल
आज सोमबार मुख्यमन्त्री बन्दै हुनुहुन्छ । अढाई वर्षपछि एमालेका जगन्नाथ थपलियाको पालो आउनेछ ।
गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री पाउने भएको छ । यसअनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी आज सोमबार मुख्यमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । यहाँ सभामुख माओवादी र उपसभामुख एमालेले लिने सहमति भएको छ ।लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी पाँचैँ वर्ष मुख्यमन्त्री बन्नुहुनेछ । यहाँ माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने सहमति छ ।
कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको छ । यसअनुसार माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुनेछ । एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने भएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलाेपालो हुने सहमति भएको छ । पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावल मुख्यमन्त्री बन्नुहुनेछ भने अढाई वर्षपछि माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नुहुनेछ । यहाँ नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने सहमति भएको छ ।
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
9 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..
9 दिन पहिले
काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग
काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..
12 दिन पहिले
नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..
काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..
14 दिन पहिले
गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..
महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..
17 दिन पहिले

उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलि..
महोत्तरी, भदौं ८ गते । गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आ..
17 दिन पहिले
कमेन्ट गर्नुहोस्
view comments