गृह तथा संचार मन्त्री भरतप्रसाद साहद्वारा प्रदेश प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
पुष २७
मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल वितरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहले मोटरसाइकल वितरण गरेका छन् ।
कार्यक्रममा मन्त्री साहले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी मकसुद आलम खान र मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरलाई मोटसाइकलको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे ।
प्रदेशमा आउने विभिन्न विपद् व्यवस्थापनका लागि पनि प्रदेश सरकारले प्रदेश प्रहरीलाई विगतमा विभिन्न सामग्रीहरु उपलब्ध गराएका बताउँदै मन्त्री साहले भने,‘ संविधान अनुसार प्रदेशको सुरक्षा व्यवस्था प्रदेश सरकारकै जिम्मेवारीमा छ । तर अहिलेसम्म संघीय प्रहरी समायोजन नहँुदा प्रदेश प्रहरी ऐन पारित गरे पनि गठन गर्न सकेनौ । तर पनि प्रदेश सरकारले प्रदेश प्रहरीमा प्रत्येक वर्ष लगानी गर्दै आएको छ ।
’ प्रदेश सरकारले प्रदेश प्रहरीको भौतिक पूर्वाधार तथा आधुनिकीरण गर्ने उद्देश्यले सवारी साधन, उपकरण तथा विपद् व्यवस्थापन सहितका सामग्रीहरु वितरण गर्दै आएको गृह तथा संचार राज्यमन्त्री रुवि कर्णले बताइन् ।
चालु आर्थिक वर्षमा ५२ लाख ५३ हजारमा खरिद गरिएको मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मधेश प्रहरी प्रमुख मकसुद आलम खानले प्रदेश सरकारले प्रदेश प्रहरीलाई समय–समयमा भौतिक पूर्वाधारदेखि सवारी साधनसहितको क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्रदेश सरकारको सहयोगले प्रदेश प्रहरीको क्षमतामा वृद्धि हँुदै आएको उल्लेख गर्दै डिआईजी खानले डिजेल वा पेट्रोलभन्दा पनि विद्युतीय चार्जले चल्ने गाडी वितरण हुँदा प्रहरीको खर्चमा कटौती हुने बताए । कार्यक्रममा प्रदेश मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल, भंगहा नगरपालिका मेयर संजीब साहसहितको उपस्थित रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
3 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
13 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
3 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
13 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments