गृह तथा संचार मन्त्री भरतप्रसाद साहद्वारा प्रदेश प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
पुष २७
मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल वितरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहले मोटरसाइकल वितरण गरेका छन् ।
कार्यक्रममा मन्त्री साहले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी मकसुद आलम खान र मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरलाई मोटसाइकलको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे ।
प्रदेशमा आउने विभिन्न विपद् व्यवस्थापनका लागि पनि प्रदेश सरकारले प्रदेश प्रहरीलाई विगतमा विभिन्न सामग्रीहरु उपलब्ध गराएका बताउँदै मन्त्री साहले भने,‘ संविधान अनुसार प्रदेशको सुरक्षा व्यवस्था प्रदेश सरकारकै जिम्मेवारीमा छ । तर अहिलेसम्म संघीय प्रहरी समायोजन नहँुदा प्रदेश प्रहरी ऐन पारित गरे पनि गठन गर्न सकेनौ । तर पनि प्रदेश सरकारले प्रदेश प्रहरीमा प्रत्येक वर्ष लगानी गर्दै आएको छ ।
’ प्रदेश सरकारले प्रदेश प्रहरीको भौतिक पूर्वाधार तथा आधुनिकीरण गर्ने उद्देश्यले सवारी साधन, उपकरण तथा विपद् व्यवस्थापन सहितका सामग्रीहरु वितरण गर्दै आएको गृह तथा संचार राज्यमन्त्री रुवि कर्णले बताइन् ।
चालु आर्थिक वर्षमा ५२ लाख ५३ हजारमा खरिद गरिएको मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मधेश प्रहरी प्रमुख मकसुद आलम खानले प्रदेश सरकारले प्रदेश प्रहरीलाई समय–समयमा भौतिक पूर्वाधारदेखि सवारी साधनसहितको क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्रदेश सरकारको सहयोगले प्रदेश प्रहरीको क्षमतामा वृद्धि हँुदै आएको उल्लेख गर्दै डिआईजी खानले डिजेल वा पेट्रोलभन्दा पनि विद्युतीय चार्जले चल्ने गाडी वितरण हुँदा प्रहरीको खर्चमा कटौती हुने बताए । कार्यक्रममा प्रदेश मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल, भंगहा नगरपालिका मेयर संजीब साहसहितको उपस्थित रहेको थियो ।
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
12 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
12 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
15 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments