गौशाला नगरपालिकामा सिएफडब्लुएको बजेट विश्लेषण कार्यक्रम

3 वर्ष पहिले प्रकाशित

(2079-10-11 B.S.)

2298 पटक देखिएको

ममता शर्मा

महोत्तरी , माघ ११ गते

महोत्तरीको गौशालामा सिएफडब्लुएको बजेट विश्लेषण कार्यक्रम समपन्न भएको छ । बुधबार गौशाला नगरपालिका नगर कार्यपालिकाको कार्यालयको हलमा सामुदायिक परिवार कल्याण संघको आयोजना र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बजेट विश्लेषण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गौशाला नगरपालिकाको नगर उपप्रमुख रेणु कुमारी महतो ,१२ वटै वडाका वडा अध्यक्षहरु , वडा सचिवहरु ,सदस्यहरु ,गौशाला नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख अस्मिता शर्मा लगायत संघका विभिन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा १२ वटै वडाका वडा अध्यक्ष लगायत नगरपालिकाले बालबालिकाहरुको लागि बाल कोष निर्माण गरि त्यसमा बजेट बिनियोजन गर्ने विषयमा छलफल गरिएको थियो । बालबालिकाको चौतर्फी विकास , स्वास्थ्य ,शिक्षा ,खेलकुद , पौष्टिक आहार लगायतका आवश्यकतालाइ परिपूर्ति गर्न नगरपालिका स्तरीय तथा वडा स्तरीय बजेट बिनियोजन गर्न संघले अपिल गरेको हो ।

संघमा सदस्य जुनु सुनारले वडा तथा नगरापलिकामा बालबालिकाहरुको लागि बजेट बिनियोजन गरि सहजीकरण गर्नको लागि उपस्थित सबैलाई अनुरोध गर्नु भएको छ ।

त्यस्तै गौशाला नगरपालिकाले यसपाली बाल कोष निर्माण गरि ३ लाख बजेट बिनियोजन गरेको र त्यसलाई आगामी दिनमा अझै बढोत्तरी गरेर करिब १० देखि १५ लाख सम्म पुर्याइने नगर उपप्रमुख रेणु महतोले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गौशाला नगरपालिकामा भएका बालबालिकाहरुको भविष्य सुनिश्चित गर्नको लागि बजेटको आवश्यकता भएको र त्यसलाई परिचालन तथा कार्यान्वयन गर्न जरुरि रहेको सामाजिक विकाश शाखा प्रमुख अस्मिता शर्माले बताउनुभयो । उहाँले भन्नुभयो , बालबालिकाहरुले आफ्नो समस्या आफ्नै व्यक्त गर्न ,पहल गर्न सक्दैनन् । त्यसैले उनीहरुको समस्या नगरपालिका तथा वडाले बुझेर सक्दो सहयोग गर्नु जरुरि छ । बालबालिका भनेका भविष्यका कर्णधार भएकोले उनीहरु संघ सम्बन्धित विषय बस्तु समेटेर नगर तथा वडा स्तरीय योजना ल्याई लागु गर्नु पर्दछ ।”

कार्यक्रममा संघले नगरपालिकालाइ ३० हजारको चेक समेत हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

12 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले