आधारशिलाको २० औ वार्षिकोत्सव सम्पन्न 

3 वर्ष पहिले प्रकाशित

(2079-10-25 B.S.)

4262 पटक देखिएको

ममता शर्मा 
महोत्तरीमा आधारशिलाको २० औ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार जिल्लाको बर्दिवास नगरपालिका वडा न.३ गौरीडाडा स्थित रहेको आधारशिलाको २० औ वार्षिकोत्सव मनाइएको हो । 

‘सामाजिक रुपान्तरणको लागि सामुहिक अभ्यास’ भन्ने मूल नाराको साथ स्थापना भएको आधारशिलाको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रि नारायणकाजी श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । आधारशिलाको अध्यक्ष दिप बहादुरको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल , मधेश प्रदेश सांसद भरत प्रसाद साह , जिल्ला समन्य समिति महोत्तरीको अध्यक्ष सुमनलाल कणर् , पार्टीका केन्द्रिय तथा जिल्लाका विभिन्न सदस्यहरु ,आधारशिला परिवारका सदस्यहरु लगायत विभिन्न राजनीतिकर्मी तथा नेताहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा अधिकांश वक्ताहरुले आधारशिलाको २० औ वार्षिकोत्सवको अवसरमा शुभकामना तथा उन्नति प्रगतिको कामना व्यक्त गरेका छन् ।

त्यस्तै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा सकारात्मक किसिमको सोच निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको आधारशिलाको २० आँै वार्षिकोत्सव समारोहले आफुमा गौरव र प्रसन्नताको अनुभूति भएको बताउनु भयो । उहाँले नेकपा माओवादी पार्टीका नेताहरुले नेपालमा ठुलो संघर्ष गरेपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले समाजमा उल्लेखनीय योगदान पुर्याएको जिकिर गर्नुभयो । प्रत्येक व्यक्ति ,संघ संस्था ,राजनीतिकर्मीले आफुलाई समाज सेवामा निहित रुपान्तरण गरि अगाडी बढ्नु आवश्यक छ , उहाँले भन्नुभयो , “पार्टीले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकता र ध्रुवीकरण ,रुपान्तरण र पुर्नगठनको सिद्धान्तको पालना गर्नु पर्दछ । समृद्धिको प्रक्रियालाइ गुनात्मत फड्को मार्ने गरि अगाडी बढाउनु सरकारको प्रमुख दायित्व हो । देश चलाउने अगुवाहरुले राष्ट्रको र जनताको आधारभुत आवश्यकता पूर्तिका निम्ति समर्पित हुनुपर्छ ।” 

मन्त्रि श्रेष्ठले आफु आफ्नो कार्यकालमा यातायातको क्षेत्रमा जनताले दैनिक जीवनमा भोग्नुपरेको सकस समाधान गर्ने , सुशासन स्थापनाको लागि आफ्नो भूमिका निर्वाह गर्ने लगायतका योजनाहरुलाई कार्यदल बनाएर अगाडी बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले