लक्ष्मी महतो र रेशम चौधरीमाथि लगाइएको मुद्धा झुटो रहेको भन्दै बर्दिवासमा प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

(2079-10-25 B.S.)

3847 पटक देखिएको

ममता शर्मा 

महोत्तरी , माघ २५ गते ।

महोत्तरीमा लक्ष्मी महतो र रेशम चौधरीमाथि लगाइएको मुद्धा झुटो रहेको भन्दै प्रदर्शन भएको छ । जिल्लाको बर्दिवास नगरपालिका १ स्थित नागरिक समाज बर्दिवास , महोत्तरीका बिभिन्न सदस्यहरुले प्लेकार्ड सहित चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा महोत्तरीको क्षेत्र न.२  मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित लक्ष्मी महतोको पक्षमा प्रदर्शन भएको हो ।

सयौको संख्यामा सहभागी प्रदर्शनकारीहरुले महतो र चौधरीमाथि लगाइएको झुटो मुद्धा खारेज गर्नु पर्ने ,झुटो मुद्धा लगाउने षड्यन्त्र बन्द गर्नुपर्ने ,निर्दोष मधेशी थारु माथिको दमन बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

२०७२ भदौ २५ गते जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको बीभत्स हत्या कोइरीकै अगुवाइमा भएको आरोप छ । त्यतीबेला असई विक सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत थिए । झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर निकाली धानखेतमा लखेटीलखेटी हत्या गरिएको थियो । उनको हत्यामा अगुवाइ गरेको आरोप लक्ष्मी महतोमाथि छ । त्यताका उनी मधेशी जनअधिकार फोरमका नेता थिए ।

असई विकको हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसलाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको आदेशले उल्टाएको थियो । जसमा महतोलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको थियो। त्यसपछि कोइरी फेरि फरार भएका हुन् । मुद्दा महोत्तरी अदालतमा विचारधीन छ ।  साथै भर्खरै बितेको चुनावमा कोइरी महोतरी-२ बाट निर्वाचित भएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले