हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राप्रपा पर्सा सुद्विकरण समितिको (भेला) सभा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-10-29 B.S.)

3330 पटक देखिएको

पवन प्रसाद साह
वीरगंज, माघ २९ गते 

हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको  सुद्विकरण समितिको (भेला) सभा सम्पन्न भएको छ।

वीरगंज स्थित घण्टाघर चौकमा भएको हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राप्रपा पर्सा सुद्विकरण समितिको (भेला) सभालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका पुर्व केन्द्रीय सदस्य विश्वनाथ साह तेलीले भने "यो  टेलर हो फिल्म अहिले बाकि छ र हामीले पर्सा जिल्लाबाट सुरुवात गरेका छौ ।" उनले पार्टी सुद्विकरण र हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका निमित्त अब देश भरि नै आन्दोलन हुने दाबी गरेका थिए ।

सम्बोधन कै क्रममा हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको सुद्विकरण समितिको (भेला) सभा कार्यक्रमका अध्यक्ष बाबुलाल शर्माले भने , "पार्टीका वरिष्ठ उपाध्यक्ष भएको नाताले पार्टीबाट हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको लागि घण्टाघरमा कार्यक्रम गर्न पार्टीका अध्यक्ष शुमेश्वरनाथ उपाध्यायलाइ अनुरोध गर्दा उहाँ कार्यक्रम गर्न अस्विकार गर्दा हामी छुट्टै टिम बसि कार्यक्रम गर्न तयार गर्दा जिल्ला कार्यसमिति पार्टीबाट निस्कासित गरेतापनी हामी आज हाम्रा पार्टीका माननियहरुले सांसद मा उठाएको हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उठाएको आवाजको समर्थन गर्दै आज कार्यक्रमको आयोजना गरेका हौ ।"

त्यस्तै सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व  केन्द्रीय सदस्य तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाले  भने राजा बिनाको जनता टुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दावी गर्नुभयो । साथै यो गणतन्त्रको व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो।

सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका प्रवक्ता पृथक प्रसाद घिमिरेले भने , "यो हाम्रो देश पहिला देखि नै हिन्दु राष्ट्र थियो र विदेशीहरुको इसारामा आफना स्वार्थमाको लागि  लोकतन्त्र र गणतन्त्र लयाइ नेपाललाइ धर्म निरपेक्ष गरेको थियो । धर्म निरपेक्ष लगत्तै हाम्रो देशमा क्रिसचनहरुले अहिले धेरै ठाउँमा हावी रहेको हुनाले हिन्दु राष्ट्रको आवश्यकता रहेको छ ।"

सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका वरिष्ठ उपाध्यक्ष अवधकिसोर साहले भने, "राजाको पालामा कृषि औजार कारखाना र चिनिमिल कारखाना ,जुट मिल इत्यादि सयकडौं कलकारखानाहरु संचालनमा थियो र हाम्रो देशमा कमाइ खाने भाडा बनाउनको  निम्ति देशका जनताहरूलाइ ललाइ फकाइ राजाले यो गर्यो त्यो गर्यो जनताहरूको नजरमा राजालाइ  दोसी देखाउदै लोकतान्त्र , गणतन्त्र लयाइ लुटतन्त्र मचाउदै हाम्रो देशको सबै सरकारी स्वामित्वमा रहेको कलकारखानाहरु लाइ बन्द गराइ जनताहरूलाइ बेरोजगार बनाएको हो ।"

उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीको पुर्व केन्द्रीय सदस्य विश्वनाथ साह तेलीको प्रमुख अतिथितत्वमा भएको कार्यक्रममा  पार्टीका पुर्व केन्द्रीय सदस्य तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बाबुलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य तथा जिविस पर्साका पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, पार्टीका वरिष्ठ उपाध्यक्ष अवधकिसोर साह,पार्टीका उपाध्यक्ष राजेस कुमार गुप्ता, जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला प्रवक्ता पृथक धिमिरे, क्षेत्र नं १ को क्षेत्रिय अध्यक्ष अर्जुन सिंह ठकुरी, क्षेत्र नं १(क) का अध्यक्ष बिजय पासवान, क्षेत्र नं १( ख) का प्रदेश अध्यक्ष दिपनारायण यादव, जिल्ला सदस्य उदित सहनी, बिरेन्द्र यादव ,रोसन यादव,लालमहमद अंसारी,जमुना पासवान, कल्याण बहादुर हाडा, चन्द्रि दहनी लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले