गौशालामा बिहेको २४ घण्टा नबित्दै नन्द ,ससुरा , हालको र पहिलाको श्रीमान् मिलेर नवविवाहित बेहुलीलाई गरे निर्घात कुटपिट

3 वर्ष पहिले प्रकाशित

(2079-11-02 B.S.)

30703 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन २ गते

महोत्तरीको गौशालामा एक नवविवाहित युवतिमाथि निर्घात कुटपिट भएको छ ।  मंगलबार गौशाला -५ निवासी ति युवतिलाई आफ्नो हालको श्रीमान , पहिलेको श्रीमान  ,ससुरा र नन्द मिलेर कुटपिट गरेका छन् । 

गौशाला नगरपालिका वडा न.५ निवासी ससुरा रामचन्द्र साह , हालको श्रीमान शैलेन्द्र साह, नन्द तुलसी साह र पहिलाको श्रीमान लालेन्द्र साह गरि चारै जना मिलेर कुटपिट गरेको युवतिले आरोप लगाएकी छिन ।  कुटपिटबाट युवतिको हात ,खुट्टा , टाउको र शरीरको विभिन्न भागको गम्भीर चोट लागेको छ  । 

ति युवतिको दुइ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो ।  यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो ।  सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए । 

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन ।  त्यसपछी २ दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्र भएको थियो । 

विवाह भएको २४ घण्टा नबित्दै आज फेरी नन्द , दुवै श्रीमान र ससुरा  मिलेर युवतिलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् ।  घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालयको टोलिले रामचन्द्र साहलाई पक्राउ गरेको छ ।  त्यस्तै युवतीको हालको श्रीमान शैलेन्द्र, नन्द तुलसी साह  र लालेन्द्र फरार रहेकोले उनीहरुको खोजि कार्य तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ । 

नन्द तुलसीको अनुसार आफ्नो जेठो दाइसंग विवाह भईसकेको भएता पनि फेरी युवतीले कान्छो भाईसँग विवाह गरेको निहुमा कुटपिट गरेको हो । 

पिडित युवतीले बिहे भएको दुइ घण्टा नाबित्दा नन्द आफुमाथि तथानाम गालि बेइज्जत गर्दै कुटपिट गरि घरबाट निकाला समेत गरेको बताइन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

18 दिन पहिले