गौशालामा नव विवाहित युवतिको बुबा न्यायको लागि विभिन्न निकायहरुमा भौतारिदै, सम्बन्धित निकाय मौन
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन ४ गते
महोत्तरीको गौशालामा एक नव विवाहित महिलामाथि अन्याय भएपछी उनका बुबा न्याय माग्दै विभिन्न निकायलाई गुहार गरेका छन् । युवतीको बुबा सुकदेव पुर्वे करिब एक साता देखि छोरीको न्यायको लागि विभिन्न ठाउँमा भौतारीरहेका छन् तर सम्बन्धित निकाय मौन देखिएको छ ।
भर्खरै विवाह भएको छोरीको घरासयी जीवनमा समस्या सिर्जना भइ छोरीमाथि निर्घात कुटपिट ,जबर्जस्तीको शारीरिक सम्बन्ध ,यातना भएपछी उनि प्रहरी प्रशासन , नगरपालिकाको न्यायिक समिति , महिला संघ संस्थाको चक्कर काट्दा पनि उनको गुनासो कसैले नसुनेको उनि आरोप लगाउछन् ।
प्रहरी तथा नगरपालिकाले न्यायको ढोका नै बन्द गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन् । साथै समबन्धित निकायले चासो नलिएपछी उनि भन्छन , "सबै बुबाको चाहना हुन्छ ,आफ्नो छोरीलाई खुसि र सुखी हेर्ने । गौशालामा आफ्नै मेडिकल भएको केटा खोजेर ऋण काढेर मैले छोरीको विवाह गरे । बिहेको ऋण तिर्नको लागि म अहिले भारतको लुधियानामा बसेर मेहनत मजदुरी गर्दै आइरहेको छु । तर मेरी छोरी विहेको केहि महिना नबित्दै ससुराली पक्षको कठोर हिंसामा परेकी छिन। उसलाई यसबाट मुक्ति दिलाउनको लागि मैले जति प्रयास गरेपनि केहि लागेन ।"
उनले प्रहरीले पनि छोरीमाथि शोषण र कुटपिट भएको खबर पाएपछी ससुरालाई पक्राउ गरि २ घण्टामा नै छोडेको आरोप लगाए । "प्रहरीले पनि दोषीलाई पक्राउ गर्छ अनि केहि बेर मै छोडीदिन्छ र उनीहरु छुटेपछी फेरी मेरी छोरीलाई त्यस्तै व्यवहार कुटपिट र यातना दिन्छ उनीहरुले ।"

उक्त युवतिको ४ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो । यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग दस लाख दाइजोको साथ उनको विवाह भएको थियो । सन्तान उत्पादनको इच्छा जेठो श्रीमानबाट पुरा नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए ।

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन । त्यसपछी ४ दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्रसंग भएको थियो । युवतिको भनाइ अनुसार अहिलेको श्रीमानले पनि उनलाई यातना दिदै आएका छन् ।
त्यस्तै बिहिबार शैलेन्द्र साहले युवतिको गालामा जबर्जस्ति टोकेर निलडाम बनाएको छ । छोरीमाथि भएको यस्तो अन्याय देखेर युवतिको बुबा न्याय माग्दै गौशालामा भौतारिरहेका छन । उनि भन्छन, "मेरो घर धनुषा जिल्लामा छ । धनुषाको छोरीले आज महोत्तरीमा न्याय नपाउनु भनेको भोलिको दिनमा महोत्तरीको गौशालामा आफ्नो छोरी दिन सोच्नु नै पर्नेछ ।आज मलाई गौशालामा न्याय मिलेन भने भोलिको दिनमा धनुषामा गौशालाको छोरीको बुबा कसरि न्याय पाउला ।"

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
15 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..

कमेन्ट गर्नुहोस्
view comments