गौशालामा नव विवाहित युवतिको बुबा न्यायको लागि विभिन्न निकायहरुमा भौतारिदै, सम्बन्धित निकाय मौन 

4 वर्ष पहिले प्रकाशित

(2079-11-04 B.S.)

13990 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 
महोत्तरी , फाल्गुन ४ गते 

महोत्तरीको गौशालामा एक नव विवाहित महिलामाथि अन्याय भएपछी उनका बुबा न्याय माग्दै विभिन्न निकायलाई गुहार गरेका छन् । युवतीको बुबा सुकदेव पुर्वे करिब एक साता देखि छोरीको न्यायको लागि विभिन्न ठाउँमा भौतारीरहेका छन् तर सम्बन्धित निकाय मौन देखिएको छ ।

भर्खरै विवाह भएको छोरीको घरासयी जीवनमा समस्या सिर्जना भइ छोरीमाथि निर्घात कुटपिट ,जबर्जस्तीको शारीरिक सम्बन्ध ,यातना भएपछी उनि प्रहरी प्रशासन , नगरपालिकाको न्यायिक समिति , महिला संघ संस्थाको चक्कर काट्दा पनि उनको गुनासो कसैले नसुनेको उनि आरोप लगाउछन् ।
 
प्रहरी तथा नगरपालिकाले न्यायको ढोका नै बन्द गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन्  । साथै समबन्धित निकायले चासो नलिएपछी उनि भन्छन , "सबै बुबाको चाहना हुन्छ ,आफ्नो छोरीलाई खुसि र सुखी हेर्ने । गौशालामा आफ्नै मेडिकल भएको केटा खोजेर ऋण काढेर मैले छोरीको विवाह गरे । बिहेको ऋण तिर्नको लागि म अहिले भारतको लुधियानामा बसेर मेहनत मजदुरी गर्दै आइरहेको छु । तर मेरी छोरी विहेको केहि महिना नबित्दै ससुराली पक्षको कठोर हिंसामा परेकी छिन। उसलाई यसबाट मुक्ति दिलाउनको लागि मैले जति प्रयास गरेपनि केहि लागेन ।"

उनले प्रहरीले पनि छोरीमाथि शोषण र कुटपिट भएको खबर पाएपछी ससुरालाई पक्राउ गरि २ घण्टामा नै छोडेको आरोप लगाए । "प्रहरीले पनि दोषीलाई पक्राउ गर्छ अनि केहि बेर मै छोडीदिन्छ र उनीहरु छुटेपछी फेरी मेरी छोरीलाई त्यस्तै व्यवहार कुटपिट र यातना दिन्छ उनीहरुले  ।"
 
उक्त युवतिको ४ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो ।  यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग दस लाख दाइजोको साथ उनको विवाह भएको थियो । सन्तान उत्पादनको इच्छा जेठो श्रीमानबाट पुरा नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए । 

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन ।  त्यसपछी ४  दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्रसंग भएको थियो । युवतिको भनाइ अनुसार अहिलेको श्रीमानले पनि उनलाई यातना दिदै आएका छन्  ।

त्यस्तै बिहिबार शैलेन्द्र साहले  युवतिको गालामा जबर्जस्ति टोकेर निलडाम बनाएको छ । छोरीमाथि भएको यस्तो अन्याय देखेर युवतिको बुबा न्याय माग्दै गौशालामा भौतारिरहेका  छन । उनि भन्छन,  "मेरो घर धनुषा जिल्लामा छ । धनुषाको छोरीले आज महोत्तरीमा न्याय नपाउनु भनेको भोलिको दिनमा महोत्तरीको गौशालामा आफ्नो छोरी दिन सोच्नु नै पर्नेछ ।आज मलाई गौशालामा न्याय मिलेन भने भोलिको दिनमा धनुषामा गौशालाको छोरीको बुबा  कसरि  न्याय पाउला ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले