गौशाला नगरपालिकामा हात्तीपाइले रोग निवारण सम्बन्धि कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-11-09 B.S.)

3190 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन ९ गते

महोत्तरीको गौशालामा हात्तीपाइले रोग निवारण सम्बन्धि पालिकास्तरिय योजना तथा बहुनिकाय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको आयोजनामा नगरपालिकाको हलमा सम्पन्न हात्तीपाइलेरोग विरुद्धको औषधि सेवन अभियान कार्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो , उपप्रमुख रेणु कुमारी महतो , जिल्ला स्वास्थ्य शाखा अधिकृत हरिनन्दन महतो लगायत नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ,१२ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले हात्तीपाइले रोग सम्बन्धी जानकारी गराउदै यसबाट कसरी बच्ने सम्बन्धी जानकारी दिए । यहि फागुन ११ गते देखि  दुइ साता सम्म संचालन हुन गईरहेको औषधि सेवन अभियानमा सबैको सहभागिता आवश्यक रहेको जानकारी दिए ।

मधेश प्रदेशको ५  जिल्ला महोत्तरी , धनुषा ,सर्लाही ,बारा ,रौतहटमा यो  अभियानमा २ वर्ष भन्दा माथिको व्यक्तिहरुले औषधि सेवन गर्नु आवश्यक रहेको जनाइएको छ ।

यो रोग लागेपछी हात्ती जस्तो खुट्टा हुनेभएकोले यो रोगलाई हात्तीपाइले रोग भनिएको हो । यो अभियानको मुख्य लक्ष्य ‘औषधि सेवन कार्यक्रममा कोहि पनि छुट्न नहुने , सबैजना यो अभियानमा सहभागी भइ अशक्त अपाङ्ग र कुरुप गराउने दीर्घ रोगबाट आफू पनि बचौ र अरुलाइ पनि बचाऔ’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले