नव जीवन साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-11-20 B.S.)

4186 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन २०

महोत्तरीको गौशालामा नव जीवन साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न भएको  छ । शनिबार गौशाला -६ फुल्काहा स्थित मा.वि. भेडीयाही फुलकाहामा संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष रामरतन रायले  गरेका थिए भने कार्यक्रम संचालन अनेरास्ववियुका नेता सुर्यनारायण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पुर्व गृह तथा संचार मन्त्रि भरत प्रसाद साह ,विशिष्ट अतिथि पुर्व सांसद दिल कुमारी साह , रामचन्द्र कुशवाहा , गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतो , मधेश प्रदेश दुग्ध विकास केन्द्रका निर्देशक शंकर साह ,डा. सुरेन्द्र यादव लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाको सफलताको कामना व्यक्त गर्दै उपप्रमुख रेणु महतोले किसानहरुको लागि धेरै उपयोगी रहेको सहकारीबाट किसानहरुले सहज रुपमा सेवा सुविधा प्राप्त गर्न सक्ने बताइन । सहकारीमा महिलाहरु बढी लाभान्वित हुन्छन , उनले भनिन “म आफ्नो कार्य अवधिभित्र कृषिमा सम्मिलित महिलाहरुलाई सहयोग गर्नेछु ।“

त्यस्तै डा. सुरेन्द्र यादवले सहकारी अभियान हितकारी अभियान रहेको बताउदै यस अभियानबाट अनगिन्ती किसानहरु लाभान्वित हुने गरेको जिकिर गरे । उनले भने , “नेपालको अर्थतन्त्र सुधार गर्नको लागि उर्जा ,पर्यटन र कृषि क्षेत्रमा विकास गर्नु पर्छ सहकारीमा सम्मिलि हुनाले कृषि क्षेत्र विकासको बाटो सिर्जना हुन्छ सहकारीकारी बाट युवा स्वरोजगार , पशुपालन ,सिपमुलक तालिमहरु संचालन गरेमा युवाहरु विदेश पलायनबाट बच्न सक्छ।”

प्रमुख अतिथि पुर्व मन्त्रि साहले  संस्थामा  एक लाखको सदस्यता लिई आज देखि आफुपनि उक्त सहकारीको मेम्बर बनेको घोषणा गरे । साथै उनले संस्थाको कम्प्युटर लगायत अन्य उपकरण किन्नको लागि ३ लाख र भवन निर्माणको लागि ६० लाख सहयोग गर्ने समेत बताए  ।

संस्था एक वर्षमा आफै मालिक , आफ्नै बचत ,आफैलाई लगानी र आफैलाइ प्रतिफल नारा सहितको ४ सय मेम्बर र प्रमुख अतिथि लगाएर ४०१ मेम्बर बनेको संस्थाका एक कर्मचारीले जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले