गौशाला नगरपालिकाले मनायो नारी दिवस , महिलाहरुको सर्वांगीण विकासमा उपप्रमुख रेणु महतोको जोड
ममता शर्मा
महोत्तरी , फाल्गुन २२ गते
महोत्तरीको गौशालामा नगरपालिकाले भव्यताका साथ नारी दिवस मनाएको छ । प्रत्येक वर्ष ८ मार्च को दिन मा मनाइने नारी दिवसको आज ११३ औ दिन भएको छ । सो अवसरमा ‘लैंगिक समानताको बलियो , अधिकार सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार’ भन्ने मूल नाराको साथ गौशाला नगरपालिकाले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा महिला शसक्तिकरण सम्बन्धि विभिन्न सांगीतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व उपप्रमुख आशा लामा ,सामाजिक विकास शाखा प्रमुख अस्मिता शर्मा , गौशाला प्राथमिक स्वास्थ्य चौकीको प्रमुख डा. पुजा यादव लगायत विभिन्न सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका , पालिकाको कर्मचारी तथा जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै उपप्रमुख रेणु महतोले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । उहाँले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिनुभयो । “विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ” उपप्रमुख महतोले भन्नुभयो, “अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन र यो पूर्ण पनि होईन ।” अब बस्ती बस्तीहरुमा सकारात्मक सोचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै उहाँले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पुर्व उपप्रमुख आशा लामाले मानिसको सोच र व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो , “महिला दिवसले विगतका संघर्ष र उपलब्धिको समीक्षा गर्दै आगामी सम्भावनाहरूको खोजी गर्ने अवसर दिएको छ । सबै मिलेर सामाजिक न्याय र समानतासहितको दिगो विकासतर्फ अग्रसर हुन र महिला दिवसका नारालाई व्यवहारमा ढाल्न सार्थक पहल गर्न अवश्यक छ ।” साथै उहाँले वास्तविक पीडित महिलाहरुको सहभागितालाई बढाउन सके अझै सान्दर्भिक हुने विचार व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
15 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments