गौशालाको एक मोबाइल पसलमा आगलागी , लाखौको क्षति

3 वर्ष पहिले प्रकाशित

(2079-11-28 B.S.)

5634 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन २८ गते

महोत्तरीको गौशालामा एक मोबाइल पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । गौशाला नगरपालिका वडा न.५ बजार स्थित रेडियो जुनताराको कार्यालयभन्दा अगाडी पट्टि रहेको आरोही मोबाइल सेन्टरमा आगलागी हुदा करिब २२ लाख बराबरको क्षति भएको हो ।  

शनिबार राती करिब साढे ९ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको पसल संचालकले जानकारी दिए । त्यस्तै पसलको संचालक देवेन्द्र साहकि श्रीमती अम्बिका साहको अनुसार आगलागीबाट ५ लाखको स्मार्टफोन , २ लाखको मोबाइल कभर , साढे दुइ लाखको मोबाइलको ब्याट्री , ३ लाखको मोबाइलको ग्लास , ५ लाखको मोबाइल मर्मत उपकरण , ३ लाखको स्टिकर मेशिन ,२ लाखको साउण्ड सिस्टम र किस्ता तिर्न राखियको नगद ६० हजार जलेर नष्ट भएको छ ।

आगलागी रातीको समयमा भएको र कसैले पत्तो नपाएको पसल संचालकको श्रीमती अम्बिकाको भनाइ छ आगलागीबाट कुनै पनि किसिमको मानवीय क्षति नभएको उनले बताइन ।

यस सम्बन्धि इलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको छ । पसल संचालक देवेन्द्र साह केहि दिन अगाडी विदेशीए पछी पसलमा उनकी श्रीमती बस्दै आएकी थिइन् । उनको २ छोरी र १ छोरा छन् । छोराछोरीको पढाइ र जीविकोपार्जनको आधार नै उक्त पसल रहेको अम्बिकाको भनाइ छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले